कोरोना संक्रमणको बढ्दो दर, थप प्रतिबन्ध लगाउने विषयमा मुलुकहरुलाई डब्लूएचओको चेतावनी



Download our app to get more features

बीबीसी, ११ कात्तिक । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसविरुद्धको लडाइँमा हार नखान सरकारहरूलाई अपिल गरेको छ ।

सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने उसको दृढता छ ।

तर भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने भन्दै सङ्गठनले सचेत गराएको हो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने बताए ।

को प्रति लक्षितरु
डब्ल्यूएचओले अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने जनाएको छ ।

यसअघि पनि डब्ल्यूएचओले उत्तरी गोलार्द्धका मुलुकहरू ुकठिन अवस्थामाु रहेको भन्दै चेतावनी दिएको थियो ।

महानिर्देशक गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेको र केही मुलुकहरू खतरनाक बाटोमा रहेको बताएका थिए ।

उनको पछिल्लो भनाइ स्पष्ट रुपमा ट्रम्प प्रशासनका चिफ अफ स्टाफको पछिल्लो अभिव्यक्तितर्फ लक्षित देखिन्छ ।

यसअघि चिफ अफ स्टाफ मार्क मेडोजले ट्रम्प प्रशासन कोरोनाभाइरसको विश्वव्यापी महामारी नियन्त्रण गर्न नभइ खोप विकास गर्न प्रयासरत रहेको बताएका थिए ।

अमेरिकाले महामारी नियन्त्रण गर्ने नभइ खोप बनाउने र चिकित्सकीय विधि जस्ता कुरामा जोड दिएर त्यसलाई मत्थर पार्दै पराजित गर्न सकिने उनको विश्वास थियो ।

बाइडनको टिप्पणी
राष्ट्रपतीय निर्वाचनका लागि करिब एक सातामात्रै बाँकी रहेको र अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला उनको यस्तो टिप्पणी आएको हो ।

निर्वाचनका लागि डेमोक्र्याटतर्फका प्रतिस्पर्धी जो बाइडनले ह्वाइट हाउसले त्यस्तो प्रतिक्रिया जनाएर भाइरसविरुद्धको लडाइँमा हार स्वीकार गरेको बताएका छन् ।

चिफ अफ स्टाफ मेडोजको टिप्पणीले ट्रम्प प्रशासनले अमेरिकी जनताको संरक्षण गर्ने मूल कर्तब्यबाट हात उठाएकोु जनाएको उनको आरोप छ ।

सीएनएनसँगको अन्तर्वार्तामा मेडोजले कोरोनाभाइरस अन्य फ्लू जस्तै सङ्क्रामक भाइरसु भएकोले यसको नियन्त्रण यथार्थपरक उद्देश्य नभएको बताएका छन् ।

विश्वव्यापी महामारी सुरु भएयता करिब २,२५,००० अमेरिकीहरूको ज्यान गइसकेको छ। कुनै पनि देशमा कोरोनाभाइरसका कारण मृत्यु हुने यो सबैभन्दा धेरै सङ्ख्या हो ।

जोन्स् हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला केही दिनमा दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या ८० हजार नाघेको छ । यसअघि जुलाई १६ मा त्यहाँ एकैदिन सर्वाधिक सङ्ख्या ७७,३६२ थियो ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts