कोरोना भाइरसको संक्रमणले मानिसको सुन्ने शक्ति गुम्ने खतरा !



Download our app to get more features

एजेन्सी, १५ कात्तिक । कोरोना भाएरसलाई लिएर नयाँ समस्या पत्ता लागेको छ । वैज्ञानिकहरुले कोभिड–१९ का कारण मानिसलाई सँधैका लागि सुन्ने शक्ति नष्ट गरिदिने बताएका छन् ।

बेलायतका विज्ञहरुका अनुसार अचानक हुने यस समस्याको छिटो पत्ता लगाउनु र उपचार गर्नु आवश्यक छ । अन्यथा मानिस एकपटक संक्रमित भइसकेपछि सँधैका लागि बहिरो हुन सक्ने चेतावनी दिएका छन् । वैज्ञानिकहरुले लस अफ टेस्ट, लस अफ स्मेलका साथै मानिसको शरीरको विभिन्न अंहरुलाई पनि नष्ट गर्न थालेको बताए छन् ।
 
डाक्टरहरुले कोरोना भाइरसलाई लिएर फेला पारेको नयाँ प्रमाण अनुसार कोरोना भाइरसको संक्रमण पश्चात मानिसको सुन्ने शक्तिलाई पूर्ण रुपले नष्ट गरिदिने गरेको छ । यूनिभर्सिटी कलेज लण्डनको ‘जर्नल बीएमजे’ मा प्रकाशित एक अध्ययानका अनुसार ४५ वर्षीय एक कोरोना संक्रमित र दमका बिरामी रिपोर्टका अनुसार ४५ वर्षको एक कोभिड र अस्थमा संक्रमित व्यक्तिलाई आईसीयूमा भेन्टिलेशनमा राखिएको थियो । बिरामी व्यक्तिलाई एन्टी भाइरल र नसामा स्टेरोयड दिइएको थियो । 

आईसीयूबाट निस्केपछि करि एक हप्तापछि ती बिरामीको कानमा झनझनाहट हुन थालेको र पछि कान सुन्ने शक्ति नै ह्र्रास भएर गयो । त्यस घटनापछि डाक्टरले बताएका थिए कि बिरामीको कानमा कुनै समस्या थिएन । त्यसैले उनलाई कुनै औषधि दिइएन जसले गर्दा उनको कान सुन्ने शक्तिमा कुनै नकारात्मक प्रभाव परोस भनेर ।
 
पछि टेस्टमा पत्ता लागेको थियो कि बिरामीको कानमा सेन्सोरिन्यूरल हियरिंग लस भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts