थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ७१ जना भेन्टिलेटरमा उपचाररत



Download our app to get more features

काठमाडौं, ११ कात्तिक । नेपालमा थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।

पछिल्लो दुई दिनदेखि नेपालमा कोरोना संक्रमित थपिने दरभन्दा मृत्यु हुने दर बढी छ ।

यस्तै हाल नेपालभर २ सय ८१ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् भने ७१ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts