शनिवार भएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक



Download our app to get more features

काठमाडौं, ३ कात्तिक । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडिएसको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

काउन्सिलले शनिबार लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजामा र बीडीएस तर्फ ८३.३७ प्रतिशत र एमबीबीएस तर्फ ६४.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

यसपटक बीडिएस तर्फ ४ सय ८७ जना सहभागि भएकोमा ४ सय १ जना उत्तीर्ण भएका छन् भने ८० जना अनुत्तीर्ण भएका छन् । जबकी ६ जना सहभागि हुन सकेनन् । 

यस्तै एमबीबीएस तर्फ १ हजार ४ सय ३ जनाले फारम भएकोमा ८ सय ९५ जना उत्तीर्ण भएका छन् भने ४ सय ९४ जना अनुत्तीर्ण भएका छन् । जबकी १३ जना सहभागि हुन सकेनन् । 
 

Last modified on 2020-10-19 11:15:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts