वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

वीरगञ्ज, १५ असोज । रौतहटका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको  बिहीबार विहान मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन)मा उपचारको क्रममा  बिहीबार बिहान ८ः२५ मा मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए ।

विरामीको मुटुको गति पनि अस्थिर थियो, कोभिड संक्रमणका कारण  अक्सिजन दिएर आईसियुमा उपचार भएको थियो । भेन्टिलेटरमा राखेर इमर्जेन्सी अवस्थामा अपनाउनुपर्ने सबै उपाय अपनाए पनि बचाउन नसकिएको डाक्टर हुसैनले बताए ।  उनी पहिले देखि मुटु रोगीसमेत थिए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts