बुटवलमा थप एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु 



Download our app to get more features

बुटवल, १४ असोज । कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले  बताए ।

उनी असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आएका थिए । उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।

उनको मिर्गौला र रगतमा खराबी रहेको अस्पतालले जनाएको छ । योसँगै कोरोना विशेष अस्थायी अस्पतालमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts