चितवनमा थप ८४ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २ हजार नाघ्याे



Download our app to get more features

 चितवन, १४ असाेज । चितवनमा थप ८४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

भरतपुर १० स्थित रहेकाे चितवन मेडिकल कलेज (सीएमसी) काे काेराेना प्रयाेगशालामा ६१ र भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा २३ गरी बुधवार गरिएकाे परीक्षणमा थप ८४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । जसमध्ये ७४ जना जिल्ला भित्रका छन् भने १० जना बाहिरी जिल्लाका छन् ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ५० जना छन् । खैरहनी नगरपालिकाका ७ जना, रत्ननगर नगरपालिकाका ११ जना, राप्ती नगरपालिकाका ५ जना र माडी नगरपालिका १ जना रहेका छन् ।

यसैगरि अन्य संक्रमित हुनेहरूमा जिल्ला बाहिरका नवलपुरका ३, तनहुँ र कैलालीका समान २/२ जना रहेका छन् । त्यस्तै, लमजुङ्ग, बारा र मकवानपुरका समान १–१ जना रहेका छन् ।

याे सहित जिल्लाका संक्रमितको संख्या २ हजार नाघेकाे छ । जसमध्ये बुधवारसम्म ९ सय ४७ जना काेराेना संक्रमणमुक्त भएका छन्

Last modified on 2020-09-30 21:06:53

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts