कोरोनाको आरटी-पिसिआर परीक्षणका लागि तेस्रो संशोधन निर्देशिका जारी



Download our app to get more features

काठमाडौं, १८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको आरटी पिसिआर परीक्षणका लागि तेस्रो संशोधन निर्देशिका जारी गरेको छ ।

मन्त्रालयले पछिल्लो समय समुदायस्तरमै कोरोना संक्रमण फैलियो भन्ने कुराको पुष्टि गर्नका लागि तेस्रो पटक कोरोनाको आरटी-पिसिआर परीक्षण सम्बन्धी निर्देशिका जारी गरेको हो ।

नयाँ निर्देशिका अनुसार कोरोना संक्रमण भए नभएको पत्ता लगाउने उद्देश्यको लागि आरटी-पिसिआर तथा एन्टीजेनमा आधारित द्रुत परीक्षण, निगरानी तथा खोजीको उद्देश्यको लागि सेरोलोजी परीक्षण प्रयोग गरिने छ ।

यस परीक्षणमा सबै लक्षण (ज्वरो, कफ, श्वासप्रश्वासमा समस्या, झाडापखाला) भएका व्यक्तिहरु, संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै व्यक्ति, श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरु, बाहिरबाट आएका व्यक्तिहरु जो ५ देखि ७ दिनसम्म क्वारेन्टाइनमा बसिसकेका छन् त्यस्ता व्यक्तिको परीक्षण गरिनेछ ।

त्यस्तै, कोरोना संक्रमितको उपचारमा, स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारी, कोरोना संक्रमण उच्च रहेको क्षेत्रमा बसोबास गर्ने प्रत्येक व्यक्ति जो १४ दिनपछि फर्केका छन्, आईसीयूमा भएका सबै बिरामी, क्रोनिक अवस्थामा रहेका व्यक्ति, प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति विशेषगरी ६० वर्ष माथिकाहरुको पनि आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गरिनेछ ।

Last modified on 2020-08-02 10:01:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts