भरतपुर क्यान्सर अस्पतालकाे नर्सिङ प्रमुखमा सविता पन्थी नियुक्त



Download our app to get more features

चितवन, ९ साउन । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकाे नर्सिङ विभागकाे विभागीय प्रमुखमा नर्सिङ अधिकृत सविता पन्थी नियुक्त भएकी छिन् । २०५६ साल पुस १५ गते देखि अस्पतालमा कार्यरत नर्सिङ अधिकृत पन्थी शुक्रवार नर्सिङ प्रमुखमा नियुक्त भएकी हुन् ।

उनले शुक्रवार नै पदभार ग्रहण गरेकी छिन् । दुइ दशक लामाे समयदेखि अस्पतालमा कार्यरत नवनियुक्त पन्थीले प्रमुख बनेसँगै आफुले थप जिम्मेवारी महसुस गरेको बताइन् । यसले आफ्नाे क्षेत्रको सर्वोपरी विकास र सेवा विस्तारमा अझै क्रियाशिल भएरलाग्न प्रेरणा मिलेको हाम्रो डक्टर न्युजलाई संक्षिप्त प्रतिक्रिया दिइन् ।

बिरामीकाे स्तरीय उपचार तथा हेरचाहका साथै नर्सिङ विभाग अझ व्यवस्थित पार्नतर्फ आफ्नाे ध्यान जानेकुरा उनले बताइन् । अस्पतालकाे व्यवस्थापन र समग्र विकासमा आफू केन्द्रित हुने समेत उनले बताइन् ।

नवनियुक्त विभागीय प्रमुख पन्थीकाे कार्यअवधि तीन वर्षकाे रहने छ । यसअघि अस्पतालकाे नर्सिङ विभागकाे विभागीय प्रमुखमा नर्सिङ अधिकृत अनुपा थापा थिईन् ।

Last modified on 2020-07-24 23:42:38

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts