१४ दिनदेखि अनसनरत डा केसीको जीवन रक्षाका लागि सरकारसँग नागरिक समाजको अपिल



Download our app to get more features

काठमाडौं, ११ असोज । नागरिक समाजले अनसनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसँग अपिल गरेको छ ।

चिकित्साशिक्षा क्षेत्र सुधारका लागि निरन्तर अभियानरत अभियन्ता डा. केसी १४ दिनदेखि सत्याग्रहमा बसेको र उनको स्वास्थ्य अवस्था बिग्रिदै गएको भन्दै नागरिक समाजले उनको जीवन रक्षाका लागि अपिल गरेका हुन् ।

भदौ २९ गतेबाट अनसन थालेका डा केसीको शरीर कमजोर भएको र कुनै पनिदिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ समाजले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
 
नेपालको चिकित्सा शिक्षा क्षेत्रमा आम जनताको पहुँच हुनु पर्छ, सर्वसुलभ स्वास्थ्य व्यवस्था मिलाउनु राज्यको कर्तव्य हो भन्दै डा केसी अनसनमा बसेपनि सरकारले उनी सँग गरेको सम्झौता कार्यान्वयन नभएको र वार्ताका लागि कुनै पहल नगरेको समाजको भनाइ छ ।

डा. केसीको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कमजोर भएको चिकित्सकहरुको भनाइ उल्लेख गर्दै समाजले कोरोना महामारीबाट हुनसक्ने जोखिमबाट जोगाउनु राज्यको कर्तव्य रहेको कुरा पनि उल्लेख गरेको छ ।

जुम्लामा १९ अनसन थालेका डा केसीलाई असोज ६ गते काठमाडौं ल्याइएको थियो । उनी अनसन बसेको लामो समय बितिसक्दा पनि सरकारले कुनै चासो नदिएकोमा नागरिक समाजले सरकारलाई यथाशिघ्र उनको जीवन रक्षाका लागि ध्यान दिन र आवश्यक पहल गर्न पनि भनेको छ ।

डा केसीको जीवन रक्षाका लागि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीलाकार्की, अध्यक्ष, प्रजातान्त्रिक विचार समाज एवं नेपाल चिकित्सक संघका पूूर्व अध्यक्ष केदार नरसिंह केसी, पूर्व सभामुख एवं मानव अधिकारवादी दमननाथ ढुगांना, त्रिविका पूर्व उपकुलपति प्रा.डा. केदारभक्त माथेमा, नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष हरिहर दाहाल, शम्भु थापा, संविधानदि डा. विपीन अधिकारी, डा. भीमार्जुन आचार्य, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही, तारानाथ दाहाल, धर्मेन्द्र झा लगायतले अपिल गरेका छन् । 

Last modified on 2020-09-27 15:58:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts