एनएचआरसी र नर्सिङ सघंको संयोजनमा ६ दिने हेल्थ रीसर्च मेथोडोलोजी तालिम सुरु



Download our app to get more features

काठमाडौं, ११ असोज । नेपाल स्वास्थ्य अनुसन्धान परिषद र नेपाल नसिङ सघंको संयोजनमा ६ दिनको हेल्थ रीसर्च मेथोडोलोजी आईतबारबाट सुरु भएको छ ।

भर्चुअल तालिममा चार सय पचास जना नसिङ संकायका व्यक्क्तको सहभागिता रहेको छ ।

नर्सिङ संघकी अध्यक्ष प्रा मन कुमारी राईले स्नाकोत्तर तहका विद्यार्थी तथा संकायलाई पाठ्यक्रम डीजाइन गरि तालिम दिन आग्रह गरेकी छन् ।

उता परिषदका कार्यकारी प्रमुख डा.प्रदीप ज्ञवालीले आगामी दिनहरुमा थप एड्भान्स किसिमको स्वास्थ्य अनुसन्धान तालिम गरेर ईच्छुक व्यक्क्तिहरुको क्षमता अभिवृदि गर्ने प्रतिवद्धता व्यक्क्त गरेकाछन् ।

परिषदले कोभिड १९ का कारण भर्चुअल तालिम सन्चालन गर्दै आएको छ । यो आर्थिक वर्षमा स्नातक तहका तीन व्याचको तालिम भै सकेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts