नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजारभन्दा बढी, होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै



Download our app to get more features

काठमाडौं, ११ असोज । नेपालमा थप १५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १० हजार १ सय २३ पिसिआर परीक्षण गरिएकोमा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा थप ८ सय ८५ जना कोरोना संक्रमित स्वस्थ भएको भन्दै उनले नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको बताए । यो दर कुल संक्रमितको ७३ दशमलव ४ प्रतिशत हो ।

नेपालमा हाल १९ हजार १९ सक्रिय संक्रमित संख्या रहेका छन् । यस्तै संक्रमितमध्ये ८ हजार ३ सय २१ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १० हजार ६ सय ९८ जना होम आइसोलेसनमा रहेका छन् ।

Last modified on 2020-09-27 16:23:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts