देशभर भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या ६६, कर्णाली र सुदूरपश्चिममा शून्य



Download our app to get more features

काठमाडौं, ९ कात्तिक । नेपालमा आईसीयू र भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित बिरामीको संख्या घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको संख्या शनिवारको भन्दा कम रहेको छ । शनिवार देशभर भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको संख्या ७० थियो । आइतवार देशभर ६६ जना कोरोना संक्रमित मात्रै भेन्टिलेटरमा उपचाररत छन् ।

सबैभन्दा धेरै बागमति प्रदेशमा ४५ जना, तयसपछि प्रदेश १ मा १० जना, लुम्बिनी प्रदेशमा ८ जना, प्रदेश २ मा २ जना, गण्डकी १ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ भने सुदुरपश्चिम र कर्णाली प्रदेशमा भने भेन्टिलेटरमा उपचाररत संख्या शून्य रहेको छ ।

यस्तै हाल नेपालभर आईसीयूमा उपचाररत कोरोना संक्रमितको संख्या २ सय ७७ रहेको छ । यो संख्या शनिवारको भन्दा कम हो । शनिवार ३ सय ६ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत थिए ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार प्रदेश १ मा २६ जना, प्रदेश २ मा १० जना, बागमती प्रदेशमा १ सय ७६ जना, गण्डकी प्रदेशमा १३ जना, लुम्बिनी प्रदेशमा ४२ जना, कर्णाली प्रदेशमा ७ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना कोरोना संक्रमित उपचार आईसीयूमा भइरहेको छ ।
 

Last modified on 2020-10-25 17:20:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts