काेराेना परीक्षण गरिएका नमुना मध्ये ३९ प्रतिशतमा संक्रमण पुष्टि



Download our app to get more features

चितवन, २९ असाेज । चितवनमा काेराेना परीक्षण गरिएका मध्ये ३९ प्रतिशतमा काेराेना भाइरस (काेभिड–१९) संक्रमण पुष्टि भएकाे पाईएकाे छ ।

भरतपुर १० स्थित रहेकाे चितवन मेडिकल कलेज (सीएमसी) काे काेराेना प्रयाेगशालामा यहि असाेज २७ गते ९५ वटा नमुना परीक्षण गरिएकाे मध्ये ३७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे अस्पतालले जनाएकाे छ । जुन नतिजा नमुना परीक्षण गरिएकाे मध्ये ३९ प्रतिशत हाे ।

त्यस्तै, असाेज २८ र २९ गते परीक्षण गरिएका २ सय १२ वटा नमुना मध्ये ३३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे अस्पतालले जनाएकाे छ । याे १५ दशमलव ५७ प्रतिशत हुन्छ । चितवन मेडिकल कलेज (सीएमसी) ले मंगलवार, बुधवार र बिहीवारकाे काेराेना पाेजेटिभ नतिजा एकमुस्ट बिहीवार दिउँसो बल्ल सार्वजनिक गरेकाे हाे ।

केही सातायता नमुना परीक्षण गरिएका मध्ये भरतपुर १० स्थित चितवन मेडिकल कलेज (सीएमसी) काे काेराेना प्रयाेगशालामा प्रतिदिन औषत २५ देखि ३० प्रतिशतमा र भरतपुर अस्पताल काेभिड–१९ परीक्षण प्रयाेगशालामा प्रतिदिन औषत १५ प्रतिशत हाराहारीमा काेराेना भाइरस (काेभिड–१९) संक्रमण पुष्टि भएकाे पाईएकाे छ ।

स्वास्थ्य कार्यालय चितवनले बिहीवार दिउँसो सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार जिल्लामा सक्रिय संक्रमितकाे संख्या एक हजार दुई सय १० पुगेकाे छ । त्यसमध्ये ८ सय ६१ जना हाेम आइसाेलेसन र ३ सय ४९ जना संस्थागत आइसाेलेसनमा रहेका छन् ।

जिल्लामा संक्रमितको अहिलेसम्म कुल संख्या दुई हजार ९ सय ५८ जना पुगेको छ । जसमध्ये जिल्लाभर अहिलेसम्म एक हजार ७ सय ९ जना काेराेना भाइरस (काेभिड-१९) संक्रमणमुक्त भएका छन् ।

जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ३९ जनाकाे मृत्यु भइसकेकाे छ । मृत्यु हुनेमा २५ जना भरतपुर महानगरपालिका भित्रका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा अहिलेसम्म संक्रमितकाे मृत्यु नभएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

Last modified on 2020-10-15 22:02:06

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts