'हानीको न्युनीकरण र लाभको बिस्तार' नारा सहित विश्व बायोइथिक्स दिवस मनाइयो



Download our app to get more features

काठमाडौं, ४ कात्तिक । 'न्युनीकरण र लाभको बिस्तार' नारा सहित विश्व बायोइथिक्स दिवस मनाइएको छ । विश्वभरि नै सञ्जाल रहेको युनेस्को(बायोइथिक्स समूहमा नेपाल सन् २०१४ मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाइँदै आएकोछ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नीतिनियम ९इथिक्स०को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिँदै आएको छ ।

कोभिड १९ महामारीमा ‘हानी र लाभ’ (Harm & Benefit And COVID-19) शीर्षकमा नेपाल एकाईले सोमबार (अक्टोवर १९, कार्तिक ३) मा सेमिनार  आयोजना गरेको हो । नेपाल एकाईका प्रमुख प्रा.डा. धनरत्न शाक्यको सभापतित्वमा सम्पन्न यो वेविनारमा युनेस्कोको बायोइथिक्सकोे एशिया प्यासिफिक तथा शिक्षा विभागका प्रमुख अस्ट्रेलियाका प्रा.डा।.रसेल डिसुजाको प्रमुख आतिथ्य तथा वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालको आतिथ्य रहेको थियोे। प्रा.डा.रसेल डिसुजाले यस वर्षको नाराबारे मूलमन्तब्य राखेको उक्त कार्यक्रममा शिक्षाध्यक्ष्य प्रा.डा. खनालले स्वास्थ्य र चिकित्सा शिक्षामा वर्तमान परिस्थितिमा इथिक्सको शिक्षा विद्यार्थी कालदेखि नै अझ आवश्यक भएको बताए । विद्यार्थीद्वय नवीन अधिकारी र रिचा कोइरालाले कार्यक्रम सञ्चालक गरेको सो सत्रमा प्रतिष्ठानका डिन प्रा.डा. शिवेन्द्र झाले बायोइथिक्सले चिकित्सा लगायत मानव समाजमा सिर्जित दुविधाहरु निवारण गर्न सघाउने धारणा राखेकाथिए ।  वर्तमान प्रमुख प्रा.डा. धनरत्न शाक्यको परिचयात्मक स्वागत र सचिब प्रा. समी लामाको धन्यवाद ज्ञापन मन्तब्य रहेको उक्त कार्यक्रममा एकाइकी पूर्व प्रमुख प्रा।डा। रुपा राजभण्डारी सिं लगायत प्रा।डा। अर्पणा रिजाल, डा. सुमित शर्मा, विद्यार्थी संकायका सशांक भट्टराइको पनि मन्तब्य रहेको थियो ।

प्रा.डा. धनरत्न शाक्यबाट सञ्चालन भएको अन्तरक्रियात्मक अर्को खण्डमा बक्ताहरु प्रा. समी लामा, प्रा.डा. ज्योत्स्ना रिमाल श्रेष्ठ, डा. सरुण कोइराला, डा. अशोक ऐर र विद्यार्थी संकायका सभापति आयूस आनन्द लगायतबाट विविध कोणहरुबाट विश्लेशन र जानकारीमुलक सामग्रीहरुको प्रस्तुति भएको थियो । 
 फोटो प्रतियोगितामा प्रज्ञा सिं, अश्विणी गुप्ता, रमेश सापकोटा र नवीन अधिकारीस फिल्ममा अजय कुमार सिं, आयूस आनन्द, प्रशंसा कार्की, बिकी कुमार शाहको समुहस आर्ट पोस्टरमा आयूस आनन्द, अश्विणी गुप्ता, निलम आचार्य, रिचा कोइराला तथा निबन्धमा सुयोग झा, आयूस आनन्द, सन्दिप न्यौपाने बिजया राजभण्डारी, रमेश सापकोटा र सन्देश काफ्ले पुरस्कृत भए ।

यस वर्ष एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपाल सहित भारतका विभिन्न १८ मेडिकल कलेजहरुबाट १४० जना विद्यार्थीहरु सहभागि भए । कार्यक्रमका संयोजक प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन्को यस्ता अवसर र कार्यक्रमहरुबाट नियमित र बिस्तारित हुँदैजाने बताएका थिए । यस वर्षको नाराले सबैलाई कोभिडको महामारीको बेला पनि वास्तविक हित लाभ गर्न र हानी नोक्सानी न्युनीकरण गर्नको लागि आवश्यक मन्थन गर्न र अभ्यासहरु अबलम्बन गर्न घच्घच्याएको धारणा राखे । 

Last modified on 2020-10-20 13:31:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts