मधुमेह भएका बिरामीले दशैंमा मासु कति खाने ?



Download our app to get more features

दशैंको अष्टमीमा विशेषगरि बलि प्रदान गरेसँगै मासु खाने क्रम पनि सुरु हुन्छ । यस अवस्थामा मधुमेहका बिरामीले जुनसुकै बेला स्वास्थ्यको निकै ख्याल गनुपर्ने हुन्छ । यस्ता व्यक्तिको रगतमा चिनीको मात्रा ठिक राख्न, अन्य दीर्घरोगको जोखिमबाट बच्न, तौल नियन्त्रण गर्न खानामा निकै ध्यान पु¥याउनु आवश्यक छ । दशैं, चाडबाड भन्दैमा जे पायो त्यही खाना खानु हुँदैन । हरेक कुराको मात्रा मिलाएर खाएन भने चाडबाडमा रोगले च्यापेर अस्पतालको बास हुनसक्छ ।

मधुमेहका बिरामीले पनि मासु खान सक्छन् । तर उसलाई कति प्रोटिन आवश्यक छ सोही अनुसार खानु पर्छ । दिनमा ६० देखि १ सय ग्रामसम्म मासु खानु राम्रो मानिन्छ । मासु खाँदा बोसोरहित खानु उपयुतm हुन्छ । मासु बनाउँदा चिल्लो कम राखेर बनाउने, सकेसम्म रातो मासु नखाने, सकेसम्म कुखुरा र माछा खानु राम्रो मानिन्छ ।

कसरी खाने ?
♦ मासु पकाउँदा बोसो भएमा तातो पानीमा पखाल्ने बोसो फ्याल्ने ।
♦ मासुमा तेल, मसला कम राखेर तरकारी जसरी पकाएर खाने ।
♦ मासु नडड्नेगरी रोष्ट बनाएर खाने । 
♦ एउटा थालमा खानेकुरा लिँदा कार्बाेहाइडे«डमा (चिउरा, खाना, रोटी), प्रोटिन (माछा, मासु) र तरकारीमा हरियो सागपातको सलाद मिलाएर खानुपर्छ ।

सुझाव 
♦ चाडबाड भन्दैमा धेरै मासु प्रयोग नगरौं । 
♦ स्वास्थ्यलाई ध्यानमा राखेर कसरी सन्तुलित खाने भन्ने ध्यान दिऔं । 
♦ डाइटिसियनको सल्लाह अनुसार मासु खाने । प्रोटिनको स्रोतमा मासुलाई परिवर्तन गरेर खान सकिन्छ ।
♦ प्रत्येक खानामा मासुको प्रयोग गरेमा कोलेस्ट्रोलको मात्रा बढी हुन्छ जसले गर्दा मधुमेहले ल्याउने अरु समस्या मुटु रोग र उच्च रक्तचाप हुनसक्छ । 
♦ डाइटिसियनले दिने पाँच ओटा खाना समूह अन्न, दाल, गेडागुडी, माछामासु फलफुल तरकारी र चिल्लोलाई मिलाएर खाने ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts