नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक लाख ५८ हजारभन्दा बढी

निको हुनेको संख्या १ लाख ११ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, ९ कात्तिक । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक लाख ५८ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ पिसिआर परीक्षण गरिएकोमा थप २ हजार ८ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

यस्तै गत २४ घन्टामा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ३ हजार ३ सय ३६ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण पछि निको हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको छ । यो कुल संक्रमितको ७० दशमलव ६ प्रतिशत हो । 

हाल नेपालभर ४६ हजार ६ सय ९१ सक्रिय संक्रमित छन् । संक्रमितमध्ये ४५ हजार ५ सय ७२ जना आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८ सय ४७ पुगेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts