पूर्व गृहमन्त्री जनार्दन शर्मामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, ९ कात्तिक । पूर्व गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा र उनकी पत्नी लक्ष्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल फेसबुक पेजमार्फत उनले आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । 

उनले शनिवार गरिएको परीक्षणमा आफूहरुमा कोरोना संक्रमण देखिएको पनि बताएका छन् । उनले सामान्य ज्वरो आएपछि आशंका लागेर स्वाब परीक्षण गरिएको र रिपोर्ट पोजेटिभ आएको पनि उल्लेख गरेका छन् ।

केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन शर्माले अनुरोध गरेका छन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका प्रभाकर होम आइसोलेसनमा छन् ।

उनका भाइ एवम् नेकपाका युवा नेता अनिल शर्मालाई पनि कोरोना संक्रमण देखिएको छ । उनी पनि होम आइसोलेसनमा छन् ।

Last modified on 2020-10-25 09:23:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts