एक महिला र ९ पुरुष गरि १० जना कोरोना संक्रमितको मृत्यु, संख्या ४ सय ७७ पुग्यो



Download our app to get more features

काठमाडौं, ११ असोज । नेपालमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा १ महिला र ९ पुरुष गरी थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंकी ५० वर्षीया एक जना महिला छिन् भने काठमाडौंकै ६१ र ६२ वर्षीय दुई जना पुरुष, बाराका २० वर्षीय, ललितपुरका ४२ र ७७ वर्षीय दुई जना पुरुष, रुपन्देहीका ७२ वर्षीय, बर्दियाका ६३ र ५० वर्षीय पुरुष र अछामका ३४ वर्षीष पुरुष गरि ९ जना रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६५ प्रतिशत हो । 

यस्तै हाल नेपालभर २ सय २५ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ३३ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts