परीक्षार्थीलाई अनिवार्य पिसिआर परीक्षण गराउने निर्णय कार्यान्वयन नगराउन निजी मेडिकल कलेजलाई निर्देशन

कोरोना परीक्षणको रिपोर्ट अब बिरामीलाई दिइने



Download our app to get more features

काठमाडौं, ११ असोज । सरकारले निजी मेडिकल कलेजलाई परीक्षामा सहभागि हुने विद्यार्थीहरुलाई कोरोना परीक्षण गर्न बाध्य नबनाउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले निजी मेडिकल कलेजले लिने परीक्षामा सहभागि हुने विद्यार्थीहरुलाई आरटी पिसिआर परीक्षण गराएर मात्रै सहभागि हुने भनेर गरेको निर्णयको कुनै वैज्ञानिक आधार नभएकाले त्यसलाई कार्यान्वयन नगर्न निर्देशन दिइएको बताए ।

उनले सरकारले तोकेको मापदण्ड अनुसार कोरोनाको लक्षण देखिएका विद्यार्थीहरुलाई मात्रै कोरोना परीक्षण गर्न लगाउन भनिएको बताए ।

यस्तै सरकारले अबदेखि कोरोना परीक्षणको रिपोर्ट सम्बन्धीत व्यक्तिलाई नै जिम्मा लगाउन पनि नियम बनाएको छ ।

प्रवक्ता डा गौतमले यसअघि कोरोना परीक्षण गर्दाको रिपोर्ट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई रिपोर्ट दिँदै आएकोमा अबदेखि सबै प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ वा पोजेटिभ आएपनि सम्बन्धीत व्यक्तिलाई दिने व्यवस्था मिलाइएको बताए ।

उनले भने, ‘सरकारले पछिल्लो समय होम आइसोलेसनमा पनि कोरोना संक्रमितलाई राख्ने व्यवस्था मिलाएकाले अबदेखि रिपोर्ट पोजेटिभ वा नेगेटिभ आएपनि सम्बन्धीत व्यक्तिलाई नै दिने व्यवस्था मिलाउन प्रयोगशालाहरुलाई निर्देशन दिइएको र त्यसको समन्वय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्ने छ ।’

यस्तै नेपालको सुर्खेत, काठमाडौं उपत्यका, मोरङसहितका क्षेत्रमा कोरोना संक्रमणको दर उच्च देखिएकाले ती क्षेत्रमा अनावश्यक घरबाट बाहिर ननिस्कन, दीर्घरोगी लगायतका बिरामीलाई घरमै बस्न पनि सरकारले अनुरोध गरेको छ ।

Last modified on 2020-09-27 16:55:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts