स्वयमसेविका दिवस

महिला स्वास्थ्य स्वयंसेविकाले मन्त्रीलाई भनेः हाम्रो न्यूनतम ज्याला तोकिदिनुहोस्



Download our app to get more features

काठमाडौं, १९ मंसिर । नेपालका स्वास्थ्य स्वयसेविकाहरुको समस्यालाई नीति मार्फत नै समाधान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् । बिहिवार १६ औं स्वयमसेविका दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले आगामी वर्ष बन्ने नीतिमा स्वास्थ्य स्वयंसेविकाहरुको विषय समेट्ने आश्वासन दिए । नेपालमा करिब ५२ हजार स्वास्थ्य स्वयसेविका रहेका छन् । 

अभाव र कष्टको बीचमा काम गर्दै देशको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने स्वास्थ्य स्वयसेविकाको समस्या राज्यले क्रमश संसोधन गरिरहेको पनि उनले बताए । 
साथै मन्त्री ढकालले स्वास्थ्य क्षेत्रमा अनियमितताको कुरा स्विकार्य नहुने समेत जिकीर गरे । साथै उनले स्वास्थ्य क्षेत्रमा रहेका वेथितिको अन्त्य गरिने दावी पनि गरे । कर्मचारीले गरेको कामको मुल्यांकन हुनेभन्दै मन्त्री ढकालले सबैलाई इमान्दारितापूर्वक काम गर्न आग्रह निर्देशन दिए ।  

कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयसेविकाले आफ्ना समस्या राखेका थिए । उनीहरुले देश संघीयतामा गएपनि स्वास्थ्यमा आएको नयाँ पद्धतीबारे आफुहरुलाई जानकारी नगराइएको गुनासो गरे । नयाँ संरचना अनुसार तालिमहरु कम सञ्चालन हुँदा नयाँ जानकारी बाट बन्चित हुनुपरेको पनि स्वास्थ्य स्वयसेविकाहरुको गुनासो छ ।  साथै स्वास्थ्य स्वयसेविकाले सरकारले आफुहरुको न्युनतम ज्याला निर्धारण गरिदिनुपर्ने माग समेत अघि सारेका छन् । 

Last modified on 2019-12-06 07:43:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts