शल्य चिकित्सकहरुको तीन दिने राष्ट्रिय सम्मेलन सकियो (भिडियो सहित)

What's This?


Download our app to get more features

चितवन, १५ मंसिर ।  नेपाल शल्य चिकित्सक समाजको तीन दिने राष्ट्रिय सम्मेलन चितवनमा शनिवार सम्पन्न  भएको छ । सम्मेलनमा शल्य चिकित्साका चुनौतीहरु बारे छलफल भएको थियो ।

सम्मेलनमा ७० भन्दा धेरै विषयका कार्यपत्र प्रस्तुत भएको चितवन मेडिकल कलेजका प्रमुख प्राध्यापक डा. हरिशचन्द्र न्यौपानले जानकारी दिए । ‘विकसित मुलुकमा उपचार पद्धतीमा धेरै परिर्वतन भएको छ, प्रविधि पनि त्यस्तै आइसकेको छ तर हामीले पुरानै प्रविधिबाट उपचार गर्नु परेको छ’ उनले भने । नयाँ प्रविधिको विषयमा जानकारी कसरी लिने भन्ने विषयमा पनि छलफल गरेका उनले बताए । चिकित्सकले गरिरहेको शल्यक्रियाको प्रत्यक्ष रुपमा अन्य चिकित्सकले भिडियोमार्फत जानकारी लिएका थिए । विदेशी चिकित्सकले चितवन मेडिकल कलेजमा हर्निया, पेटको क्यान्सरलगायत रोगको नयाँ प्रविधिमार्फत गरिएको शल्यक्रियाको भिडियोमार्फत प्रत्यक्ष जानकारी लिएका थिए ।

सर्जन तथा चितवन मेडिकल कलेजका प्रमुख न्यौपानेले भने, ‘चिकित्सा क्षेत्रमा ल्याउने नीति निर्माणको विषयमा राज्यले परामर्श गरे नयाँ प्रविधि ल्याउन सुझाव दिनु हुथ्यो । तर नेपालमा यस्तो प्रयास भएको छैन ।’ तीन दिने सम्मेलनमा देशभरका करिब पाँच सय शल्यचिकित्सकको सहभागिता रहेको नेपाल शल्य चिकित्सक समाजका सचिव डा. आशिष पुनले जानकारी दिए । 

हेरौं भिडियो

Last modified on 2019-12-02 10:27:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts