आमालाई कोल्ड कफ भए बच्चा जन्मनु अघि नै हुन सक्छ 'दमको रोगी' !



Download our app to get more features

रुघाखोकी वा कोल्ड कफ, प्रायः मानिसले यसलाई वेवास्ता गर्ने गर्छन् । यो समस्यालाई लिएर मानिसले कहिले पनि गम्भिर हुँदैन र उसले यो रोग हो भनेर पनि ध्यान दिँदैन । रुघाखोकी वा कोल्ड कफको बेला स्वाँश र निद्रा सम्बन्धी धेरै समस्याको सामना गर्नु परिरहेको हुन्छ । एक सामान्य व्यक्तिलाई कोल्ड कफले जति समस्या गर्छ एक गर्भवती महिलालाई त्योभन्दा बढी समस्या गर्नुपर्ने हुन सक्छ । त्यति मात्र होइन यसले गर्भवति महिलाको गर्भमा रहेको बच्चालाई पनि नराम्रो असर गर्छ । 

हालै गरिएको एक अध्ययनमा कोल्ड भाइरसले गर्भवती महिलाको प्लेसेन्टालाई संक्रमित गर्न सक्ने खुलासा गरिएको छ । प्लेसेन्टा एक यस्तो शारीरिक ओर्गन हुन्छ जसले महिलाको गर्भावस्थाको क्रममा पाठेघरमा विकास हुन्छ ।  प्लेसेन्टाले नै गर्भ मा विकसित हुँदै गरेको बच्चासम्म अक्सीजन र जरूरी पोषण तत्व पुर्याउने काम गर्छ । बच्चाको रगत शुद्धिकरण गर्छ र विकारयुक्त तत्व बच्चासम्म पुग्न दिँदैन । साथै बच्चा जुन गर्भनालसँग जोर्डिको हुन्छ त्यो पनि प्लेसेन्टाबाट नै विकास भएको हुन्छ ।

 PLOS ONE जर्नलमा प्रकाशित अध्ययन अनुसार यो खुलासा गरिएको हो । अध्ययनको नेतृत्व जियोवानी पिडिमोन्टेले गरेका थिए । पिडिमोन्टे बाल रोग विशेषज्ञ र तुलाने यूनिभर्सिटीमा प्रोफेसर अफ पीडियाट्रिक्स हुन् । पिडिमोन्टेका अनुसार गर्भावस्थाको क्रममा यदि कनुै महिला कोल्डको चपेटामा आउछिन् भने यसले चिसो र शरीरमा विकास भएको भाइरस बच्चा सम्म फैलाउँछ । कोल्ड भाइरसले बच्चाको श्वासनलीमा समस्या उत्पन्न गराउन सक्छ ।

त्यति मात्र होइन, कतिपय अवस्थामा कोल्ड भाइरस गर्भमा विकसित हुँदै गरेको भ्रुणलाई यतिसम्म नोक्सानी पुर्याउन सक्छ की जन्मपछि बच्चालाई अस्थमा जस्ता रोगले चपेटामा लिन सक्छ । अध्ययनकर्ताका अनुसार गर्भवती महिलाको गर्भमा प्लेसेन्टा भु्रणको केयर गर्ने क्रममा एक गेटकीपर अर्थात् गार्ड सरह काम गर्छ । तर, कतिपय भाइरस जीका वा अन्य स्थितिमा कोल्ड भाइरस भ्रुणसम्म पुग्ने हुन्छ । जो बच्चाको स्वास्थ्यलाई गम्भीर हानी गर्न सक्छ । त्यसैले गर्भावस्थाको क्रममा महिलालाई चिसोमा आफ्नो अधिक देखभाल गर्नु पर्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-12-08 06:15:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts