पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो स्टाफ नर्स, फार्मेसी लगायतका ६० कर्मचारी 



Download our app to get more features

काठमाडौं, २९ कात्तिक । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगले ६० जना कर्मचारीको माग गरेको । प्रतिष्ठानको सेवा आयोगले लोक सेवा आयोगको सहमतिमा ३ देखि १० औं तहसम्मका पदको लागि कर्मचारी माग गरेको हो । प्रतिष्ठानले स्टाफ नर्स, फार्मेसी, रेडियोग्राफि लगायतका पदमा कर्मचारीको माग गरेको छ । 

प्रतिष्ठानले सह–प्राध्यपक५ जना, सहायक प्राध्यापक १७ जना, सिनियर स्टार्फ नर्स ५ जना, फार्मेसी अधिकृत २ जना, रेडियोलोजीमा १ जना, पुस्तकालय अधिकृत १ जना, जुनियर स्टाफ नर्स २० जना, रेडियोग्राफ २ जना, सिनियर पुस्तकालय सहायक २ जना, ल्याव असिस्टेन्ट ४ जना र जुनियर लेखा अधिकृत १ जना गरी ६० जना कर्मचारीका लागि आवेदन खुलाएको हो । 

इच्छुक उमेदवारले आवेदन  १९ मंसिरसम्म दिन सक्ने छन् भने दोब्बर दुस्तुरमा भने २६ मंसिरसम्म दिन पाउने छन् ।

Last modified on 2019-11-15 15:00:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts