मधुमेह, थार्यराइड तथा बाथ रोगको परामर्शका लागि वयोधाले सप्ताहव्यापी कार्यक्रम गर्दै



Download our app to get more features

काठमाडौं, ३० कात्तिक । वयोधा अस्पतालले आइतबारदेखि सप्ताहव्यापी निः शुल्क परामर्श शिविरको आयोजना गर्ने भएको छ । 

मधुमेह, थार्यराइड तथा बाथ रोग विशेषज्ञद्वारा निःशुल्क परामर्श तथा डाक्टरद्वारा सिफारिस गरिएको जाँचमा ५० प्रतिशत सम्म छुटको पनि व्यवस्था गरिएको छ ।

अस्पतालमै आयोजना गरिने शिविरमा अग्रिम नाम दर्ताका लागि पनि आग्रह गरिएको अस्पताल प्रशासनले जनाएको छ । साथै अस्पतालमा भएको प्याथोलोजी सेवाहरुमा मात्रै छुट हुनेछ ।

मंसिर १ गतेबाट सुरु हुने कार्यक्रम ७ गतेसम्म सञ्चालन हुनेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts