स्वास्थ्यको समायोजन मिलाउन मन्त्री ढकालका तीन विकल्प: क्याविनेट निर्णयदेखि पूल दरवन्दीसम्म

सचिवको निवेदनप्रति सकारात्मक छु



Download our app to get more features

काठमाडौं, २३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले समायोजनको गुनासो सम्बोधन तीव्र रुपमा गरिने बताएका छन् ।

समायोजनका गुनासोका आधारमा केही वैकल्पिक उपायहरु अपनाएर समाधान गर्ने मन्त्री ढकालले बताएका हुन् । सोमवार मन्त्रालयमा स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको स्वास्थ्य पत्रकार र मन्त्रीबीच साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री ढकालले ७ हजार गुनासो मध्ये दुईतिन थरी विकल्पमार्फत समाधान गरिने बताएका हुन् । व्यवहारिक रुपमा नमिलेका समायोजनहरुबारे पुनर्विचार गर्ने मन्त्रीको भनाइ छ । 'हिजो जो मान्छे जुन पदमा थिए त्यसबाट घटुवा नहुनेगरी व्यवस्थापन गर्न क्याविनेटबाट निर्णय गराउँदा करिब १५ सयदेखि २ हजार जतिको व्यवस्थापन हुन्छ ।

७ हजार गुनासो मध्ये करिब १५ सयजतिको समायोजन, एकहजार जतिको भैसकेको छ । अरु एकहजारको हुने क्रममा छ । पहाडी र हिमाली जिल्लामा खाली भएका र जान चाहानेहरुलाई पठाएर अन्य केहीको व्यवस्थापन गर्न सकिन्छ ।' मन्त्री ढकालले भने । त्यस्तै यी विकल्पबाट पनि नमिल्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा भने पूल दरबन्दी सिर्जना गरेर व्यवस्थापन गर्ने बताए । त्यसका लागि कर्मचारी समायोजनमा काम गरिरहेका कर्मचारीलाई सहयोग गर्न ढकालले आग्रह गरे ।

सचिवको राजीनामा पुनर्विचार गर्नेप्रति सकरात्मक छु त्यस्तै स्वास्थ्य तथा जनसंख्या सचिव डा. पुष्पा चौधरीको बारेमा पनि टिप्पणी गरेका छन् । ढकालले अगाडी भने, 'पहिले मन्त्रीपरिषद्ले उहाँलाई प्रधानमन्त्री कार्यालय सरुवा गरेको हो । उहाँ त्यहाँ जानभन्दा सर्वोच्च नजिकै भएकाले होला उता जानुभएछ ।सेवा अवधिभरि यहीँ सेवा गर्ने भनेर निर्णय गराएर ल्याउनुभयो । फेरी सुन्नमा आयो उहाँले जागिर छाडेर अन्त जाने भन्ने । अब अदालतबाटै यहीँ सेवा गर्ने मनशायले आएको हुनाले उहाँको यही इच्छा पुरा गराउन सायद राजीनामा स्वीकृत नभएको हुनसक्छ ।' यद्यपी मन्त्री ढकालले राजीनामा पुनर्विचार गरियोस भनि गरेको अनुरोधमा आफु सकरात्मक रहेको प्रतिक्रिया दिए ।

कार्यक्रममा मन्त्री ढकालले तीनमहिनाभित्र महशुश गर्नेगरी मन्त्रालयको काम र प्रभावकारितामा परिवर्तन देखिन थाल्ने दावी गरे । साक्षात्कार कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका पदाधिकारी तथा सदस्यहरुले मन्त्रालयमा भएगरेका सूचना प्रणालीका समस्या औंल्याएका दिए । जनताले महशुष गर्नेगरी काम गर्न मन्त्री ढकाललाई सबैले आग्रह गरे ।

Last modified on 2019-12-10 08:43:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts