होम आइसोलेसनमा बस्ने कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै



Download our app to get more features

काठमाण्डौं, २९ साउन । देशभर ४ सय ४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छनछन्। गण्डकी प्रदेश बाहेक ६ वटा प्रदेशमा गरी ४ सय ४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

सुदूरपश्चिम प्रदेशमा होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै छ। त्यहाँ १ सय ७ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांकमा छ। प्रदेश २ मा ९८, प्रदेश ५ मा ८१, बागमतिमा ७५, प्रदेश १ मा ७२ र कर्णाली प्रदेशमा ८ जना संक्रमित होम आइसोलेसनमा छन्। 

Last modified on 2020-08-13 20:46:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts