स्वाब दिएपछि  रिपोर्ट नआउञ्जेल अरुको सम्पर्कमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह  



Download our app to get more features

काठमाण्डौं, २९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वाब संकलन गरि रिपोर्ट नआउञ्जेल अन्य व्यक्तिको सम्पर्कमा नरहन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले रिपोर्ट नआइ अन्य व्यक्तिको सम्पर्कमा रहदा संक्रमण बढ्ने जोखिम उच्च रहने भएकाले रिपोर्ट नआउञ्जेल आइसोलेट भएर बस्न सबैलाई आग्रह गरेका हुन् । 

नमुना परीक्षणको रिपोर्ट आएपछि सम्पर्कमा रहेकाहरुलाई खबर गर्न पनि उनकोअनुरोध छ । कोरोना परीक्षणको रिपोर्ट नआउँदै घुमफिरमा निस्कँदा पछि सङ्क्रमण पुष्टि हुँदा सम्पर्कमा आएकाहरुको खोजी गर्न समस्या भएको मन्त्रालयले जनाएको छ ।   

साथै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का भएमामात्र स्वाब परीक्षण गर्न आग्रह गरेको छ । तर कतिपयले स्वाब परीक्षणका लागि दिइसकेपछि पनि घरबाहिर घुम्ने गरेको पाइएको र यसले कोरोना सङ्क्रमणको जोखिम थप बढाएको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ ।  
अहिले देशभर ३८ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । 

Last modified on 2020-08-13 20:08:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts