भरतपुर अस्पतालकाे इमर्जेन्सी कक्षमा कार्यरत नर्समा काेराेना संक्रमण, इमर्जेन्सी कक्ष सिल



Download our app to get more features

चितवन, २९ साउन । भरतपुर अस्पतालकाे इमर्जेन्सी कक्ष सिल गरिएकाे छ ।

इमर्जेन्सी कक्षमा कार्यरत एक २५ वर्षीया नर्समा बिहीवार कोरोना संक्रमण पुष्टि भएको थियाे । ती नर्समा संक्रमण देखिएपछि इमर्जेन्सी कक्ष सिल गरिएकाे अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।

साे विभागमा रहेका बिरामीलाई अन्य ठाउँमा सारिएकाे उनले बताए । त्यस विभागमा रहेका सबै कर्मचारीलाई क्वारेन्टिनमा राखिने उनले बताए । इमर्जेन्सी सिल गरि त्यस ठाउँकाे पूर्ण रूपमा निर्मलीकरण गरिने उनले जनाए ।

भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गर्दा बिहीवार स्वास्थ्यकर्मी सहित चितवनका थप १२ जनामा संक्रमण देखिएकाे थियाे ।

अर्काे सुचना जारी नभएसम्मकाे लागि आकस्मिक  कक्ष सिल रहेकाे अस्पतालले जनाएकाे छ ।

Last modified on 2020-08-14 06:34:45

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts