चितवनमा गरिएकाे परीक्षणमा विभिन्न जिल्लाका गरि २१ जनामा काेराेना संक्रमण



Download our app to get more features

चितवन, २८ साउन । भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा विभिन्न जिल्लाका गरि थप २१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

मंगलबार प्रयाेगशालामा ३ सय १० नमूना परीक्षण गरिएकोमा २१ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।

उनका उनुसार काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि हुनेहरूमा चितवनकाे भरतपुर महानगरपालिका १, ३, ४, ८, १० र ११ वडाका ६ वर्षीय बालकदेखि ५० वर्ष उमेर समूहका ७ जना पुरुष र ५ जना महिला छन् । उनीहरूकाे भरतपुर महानगरपालिका, भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, नेशनल सिटी हस्पिटल र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएकाे थियाे ।

यसैबिच नेशनल सिटी हस्पिटलबाट स्वाब संकलन गरिएकाे बिरामी अस्पतालमा नरहेकाे खुल्न आएकाे छ । ४२ वर्षीया ती महिलाकाे वहिरङ्ग कक्ष (ओपिडि) बाट स्वाब संकलन गरिएकाे अस्पतालका प्रबन्धक विक्रम अधिकारीले जानकारी दिए । अप्रेशन गर्नु पर्ने बिरामी भएकाले भर्ना गर्नु अधि काेराेना परीक्षणकाे लागि पठाइएकाे थियाे । बिरामी अस्पतालमा उपचाररत नरहेकाे उनले बताए । संक्रमित महिला अहिले चितवनमा आफन्त कहाँ रहेकी छिन् । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे समेत प्रबन्धक अधिकारीले बताए ।

यस्तै जिल्लाको अहिलेसम्म एक मात्रै शून्य संक्रमित रहेको इच्छाकामना गाउँपालिकामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित देखिनेमा मौलाकालिका अस्पतालबाट स्वाब संकलनगरि परीक्षण गरिएकाे इच्छाकामना–५ की ७८ वर्षीया वृद्ध एक महिलामा छिन ।

यस्तै क्वारेन्टिनमा रहेका राप्ती नगरपालिका–६ का २२, २८ र ३० वर्षका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै अन्य संक्रमण पुष्टि हुनेहरूमा भरतपुर अस्पतालमा उपचाररत सिमरा–९ बाराका ४५ वर्षीय पुरुष, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका दिलासैनी–३ बैतडीका ४० वर्षीय पुरुष र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेकी रौतहटकी ८ वर्षीया बालिका रहेकी छन् ।

उनीहरूकाे चितवनमा रहेकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।

Last modified on 2020-08-12 08:42:51

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts