उपचारका क्रममा चितवनमा मृत्यु भएका बाराका एक वृद्वमा काेराेना संक्रमण पुष्टि



Download our app to get more features

चितवन, ८ असाेज । भरतपुर १० स्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा मृत्यु भएका एक वृद्वमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएका बारा कलैया उपमहानगरपालिका–१० का ७७ वर्षीय ती वृद्वमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएकाे छ ।

असोज ३ गते ती वृद्व अस्पताल भर्ना भएका थिए । उनकाे शव अहिले अस्पतालमै छुट्टै राखिएकाे प्रहरीले जनाएकाे छ । शव व्यवस्थापन बारे छलफल हुँदैछ ।

याेसँगै चितवनमा कोरोना संक्रमित ३६ जनाकाे मृत्यु भएकाे छ । जसमध्ये चितवनका १८ जनाकाे मृत्यु भएकाे छ । त्यसमध्ये पनि १० जना भरतपुर महानगरपालिका भित्रका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा अहिलेसम्म संक्रमितकाे मृत्यु नभएकाे जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएकाे छ । बाँकी अन्यकाे भने विभिन्न जिल्लाका बिरामीकाे उपचारका क्रममा यहाँका अस्पतालमा मृत्यु भएकाे हाे ।

Last modified on 2020-09-24 20:11:22

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts