बुटवलको कोरोना विशेष अस्पतालमा ७० वर्षीया संक्रमित महिलाको मृत्यु



Download our app to get more features

रुपन्देही, ८ असोज । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

कपिलवस्तु ११ बनगाईकी ७० वर्षीया महिलाको बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए ।

असोज ३ गते अस्पताल आएकी ती महिलाको पिसिआर रिपोर्ट पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालमा उपचारमा राखिएको थियो । स्थिति जटिल बनेपछि बिहीबार बिहान ती महिलालाई भेन्टिलेटरमा सारिएकोमा साँझ साढे ५ बजे मृत्यु भएको हो ।

अस्पतालका सुचना अधिकारी गौतमका अनुसार मृतक महिलामा दम, मिर्गौला र रगतमा खराबी थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts