गुर्जो कसरी खाने ?



Download our app to get more features

काठमाडौं, ८ असोज ।  कुनै बेला गाउँघरतिर बस्तुभाउलाई दिइने गुर्जोको प्रयोगमा  कोरोनाभाइरसको महामारीपछि मानिसहरूको चासो बढ्न थालेको छ । गुर्जोमा धेरै प्रकारको औषधिय गुणहुने आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइराला बताउँछन्।
गुर्जो किन खानुपर्छ ? 
 - कोरोना भाइरसअगाडि पनि ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएका बिरामीलाई खान दिइन्थ्यो।

- दक्षिण एशियाका भारत र श्रीलङ्कामा पाइने गुर्जो नेपालको पनि तराईदेखि हिमाली क्षेत्रसम्मै पाइने आयुर्वेदका चिकित्सकहरू बताउँछन्।

- रोगसँग लड्ने प्रतिरोध क्षमता बलियो बनाउने भएकोले गुर्जो खाँदा सङ्क्रमणबाट जोगिन मद्दत पुग्ने कोइराला बताउँछन्।

- “गुर्जो बहुउपयोगी जडिबुटी हो। यसको अवगुण वा शरीरलाई अन्य असर गर्ने तत्व नभएकोले यो खाँदा फाइदा हुन्छ,” उनले भने।

- “यसमा भएको एन्टिअक्सिडेन्ट गुणका कारण कतिपय मानिसले यो खाएपछि अलि कमजोर भएको महसुस गर्न सक्छन्। त्यस्तो भए मह मिसाएर खाँदा राम्रो हुन्छ।”

- उनका अनुसार यसले शरीरमा चिनीको मात्रा थोरै घटाउन सक्छ। तर त्यो असर लामो समय रहँदैन।

गुर्जो कति र कसरी खाने ? 

- गुर्जो नेपाली बजारमा धूलो वा डाँठका रूपमा उपलब्ध छ । 
- धुलो खाने भए पाँचग्राम गुर्जोको पाउडर दुई गिलास पानीमा हालेर उमाल्ने अनि एक चौथाइ भएपछि छानेर वा नछानेरै दिनमा एकपटक खान सकिन्छ।
    
- डाँठ छ भने बूढीऔँला जतिको मोटाइ र त्योभन्दा थोरै कम लम्बाइ भएको गुर्जोलाई थिचेर टुक्रा बनाउने अनि पानीमा उमालेर आधा घटाइ दिनको एक कप खान सकिन्छ।

- गुर्जो खाना खानुभन्दा अघि खाँदा त्यसले फाइदा गर्छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts