काठमाडौं उपत्यकामा ७५५ कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, ७ असोज ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 
यो संख्या देशभर देखिएको कुल संक्रमितको ५० प्रतिशत पुगेको छ । 

काठमाडौंमा १५ हजार ७सय ७४, ललितपुरमा १ हजार ८ सय २६  र भक्तपुरमा  १ हजार ७ सय ३९ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।  

Last modified on 2020-09-24 19:48:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts