दाङका ३९ बर्षीय पुरुषको कोरोना संक्रमणको कारण काठमाडौंमा मृत्यु 



Download our app to get more features

 काठमाडौं, ७ असोज । दाङको तुलसीपुरमा पहिलो पटक कोरोना संक्रमणका कारण एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १० गौरीगाउँ निवासी ३९ बर्षीय एक पुरुषको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।

बोनम्यारोको समस्या देखिएपछि ती पुरुष भदौ ४ गते काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उपचारको क्रममा सिभिल अस्पतालमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । 
 भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आईसीयूको उपचार चाहिने भन्दै  ह्यम्स अस्पतालमा सारिएको थियो ।

 उनको विहीबार विहान साढे २ बजे ह्याम्स हस्पिटलमा मृत्यु भएको अस्पतालले  बताएको छ । नेपाली सेनाले उनको अन्त्येष्टि काठमाडौंमै गर्ने तयारी गरेको छ ।

Last modified on 2020-09-24 20:51:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts