शिक्षण अस्पतालका ६ जना स्वास्थ्यकर्मीलाई कोरोना, आकस्मिक सेवा बन्द



Download our app to get more features

काठमाण्डौं,२८ साउन । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत डाक्टर तथा नर्सलाई कोरोना पुष्टि भएको छ । आकस्मिक विभागका २ डाक्टर र ४ नर्सलाई बुधबार कोराना पुष्टि भएको हो । 

डाक्टर र नर्सलाई कोरोना संक्रमण भएपछि आकस्मिक सेवा बन्द गरिएको अस्पतालका कोभिड संयोजक डासन्तकुमार दासले जानकारी दिए । 

आकस्मिक विभागका डाक्टर तथा नर्सलाई नै संक्रमण भएपछि उनीहरुबाट अरुलाई पनि सरेको हुनसक्ने भएकाले आजैबाट सेवा बन्द गरिएको उनले बताए । अहिले यो अस्पतालमा २४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५ जना आइसीयूमा उपचाररत छन् । 

Last modified on 2020-08-12 22:06:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts