वीरगञ्जका चिकित्सक र कर्मचारीले राजीनामा फिर्ता लिने, राजधानीबाट विशेषज्ञको टोली जाँदै



Download our app to get more features

काठमाडौं, २८ साउन । कोरोना भाइरस संक्रमणबाट बढि प्रभावित वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि राजीनामा दिएका ३ सय ५० भन्दा बढी कर्मचारीले राजीनामा फिर्ता लिने भएका छन् । 

अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीले आक्रमणकारीलाई कारबाही गर्नुपर्ने, अस्पतालमा आक्रमणपछि भएको क्षतिको क्षतिपूर्ति र शान्ति सुरक्षाको माग राख्दै मंगलबार सामुहिक राजीनामा बुझाएका थिए ।  

राजीनामा पछि झण्डै पचासजना कोरोना संक्रमित उपचाररत अस्पतालमा ठूलो समस्या सिर्जना भएको थियो । सामुहिक राजीनामा दिएसँगै सरकारी चिकित्सकहरुको संगठन सरकारी चिकित्सकसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती स्वास्थ्यकर्मी र कर्मचारीलाई राजीनामा फिर्ता लिन आग्रह गरेको हो ।

राजधानीबाट विशेषज्ञ चिकित्सकको टोली पठाएर पीडित स्वास्थ्यकर्मी तथा कर्मचारीको मनोबल बढाउनेगरि तयारी भएको सरकारी चिकित्सक संघका अध्यक्ष डा. रवीन खड्काले जानकारी दिए । उनले भने, मन्त्रालयसँगको समन्वयमा हाम्रो नेतृत्मा वीरगञ्जमा विशेषज्ञहरुको टोली जाँदैछ । यस सम्बन्धमा वीरगञ्जका मेयरसँगपनि सम्वाद भैसकेको छ । 

राजधानीबाट जाने टोलीमा क्रिटिकल केयरका चिकित्सक, फिजिसियन लगायत सहभागी झण्डै एकदर्जन स्वास्थ्यकर्मी वीरगञ्ज जाने र त्यसको नेतृत्व सरकारी चिकित्सक संघले गर्ने डा. खड्काले हाम्रो डक्टर न्यूजलाई बताए ।

Last modified on 2020-08-12 17:11:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts