चितवनमा दिनहुँजसो थपिदै नयाँ संक्रमित, स्वास्थ्यकर्मी सहित थप १२ जनामा संक्रमण



Download our app to get more features

 चितवन, २९ साउन । चितवनमा दिनहुँजसो नयाँ संक्रमित थपिदै गएका छन् । बिहीवार स्वास्थ्यकर्मी सहित चितवनका थप १२ जनामा संक्रमण देखिएकाे छ ।

भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गर्दा चितवनका १२ जना सहित विभिन्न जिल्लाका गरि थप १६ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।

उनका अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका २, ४, ७ र १० वडाका २० देखि ३५ वर्ष उमेर समूहका ८ जना पुरुष र २५ वर्षीया एक जना महिला रहेकी छिन् । यस्तैगरि अन्य संक्रमित हुनेहरूमा पूर्वी चितवनकाे रत्ननगर नगरपालिका–१३ का ६३ वर्षीय पुरुष, खैरहनी–८ का २३ वर्षीय पुरुष र राप्ती नगरपालिका–९ की ३७ वर्षीया महिला रहेकी छन् । काेराेना संक्रमित हुनेमा एक जना नर्स छिन् ।

यस्तैगरि मकवानपुरका २२ वर्षीया महिला, नवलपुरका २८ वर्षीय पुरुष, सर्लाहीका ४५ वर्षीय पुरुष र तनहुँकी २२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँकी महिलाकाे पुरानो मेडिकल कलेज र अन्यको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको थियाे ।

बिहीवार प्रयाेगशालामा १ सय ३० नमुना परीक्षण गरिएकाे मध्ये ती १६ जनामा संक्रमण देखिएकाे हाे । बाँकी १ सय १४ नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे उनले बताइन् ।

मंगलबार चितवनकाे प्रयाेगशालामा ३ सय १० नमूना परीक्षण गरिएकोमा चितवन सहित विभिन्न जिल्लाका गरि २१ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे थियाे । बुधवार चितवनमा २ सय ३ नमुना परीक्षण गरिएकाे मध्ये एक चिकित्सक र छ जना शसस्त्र प्रहरी काेराेना संक्रमण देखिएकाे थियाे ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts