चिकित्सक संघको निर्वाचनका लागि ३ समूहबाट उम्मेदवारी दर्ता, यस्तो छ सूची



Download our app to get more features

काठमाडौं, २८ मंसिर  । नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनका लागि स्वतन्त्र सहित ३ समूहबाट उम्मेदवारी दर्ता भएको छ । 

शुक्रबार बिहान १० बजेबाट सुरु भएको उम्मेदवारीको समय शनिबार दिउँसो एक बजेटसम्मका लागि तय गरिएको थियो ।

१३ पदका लागि हुने निर्वाचनमा ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रजातान्त्रिक समूहबाट डा.लोचन कार्कीको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ भने प्रगतिशिल समूहबाट डा.पुष्पमणी खरालको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ । यस्तै डा. दिपेन्द्र पाण्डे सहितका केहि डाक्टरले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । 

माघ ४ र ५ गते काठमाडौं बाहिरका लागि निर्वाचनको मिति तोकिएको छ भने माघ १७ देखि २१ गतेसम्म काठमाडौं उपत्यकामा निर्वाचन हुनेछ ।

आगामी माघमा हुने निर्वाचनबाट संघको २८ औं केन्द्रीय कार्यकारिणी समिति चयन गर्नेछ । यसपालि संघको चुनावमा झन्डै ९ हजार बढी डाक्टरले मतदान गर्नेछन् ।

यस्तो छ सूचीः

Last modified on 2019-12-24 12:16:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts