जाडो मौसममा गर्भाधारण गर्ने महिलामा मधुमेहको समस्या !



Download our app to get more features

एक अध्ययनका अनुसार जाडो महिनामा जुन महिलाले गर्भधारण गर्छिन्, उनको गर्भावस्तामा मधुमेहको खतरा बढि रहन्छ । जसले आमा र बच्चा दुवैलाई जोखिमको सामना गर्न सक्नु पर्छ । 

यूनिभर्सिटी अफ एडिलेडका अनुसन्धानकर्ताले आफ्नो अध्ययनमा गएको ५ वर्षमा दक्षिण अष्ट्रेलियामा भएको ६०,००० भन्दा बढी शिशुको जन्मसंग सम्बन्धित तथ्याकंका आधारमा निष्कर्ष निकालेका छन् । यस प्रकारको अध्ययन विश्व मै पहिलो पटक गरिएको हो ।

गर्भावस्थामा दूध पिउनाले बच्चाको बढ्छ लम्बाई !
गेस्टेशनल डायबिटीज मेलिटसलाई गर्भावस्थाको गम्भिर जटिलता मानिन्छ । यसमा गर्भावस्थामा ब्लड शुगरमाथि नियन्त्रण हुँदैन । यस प्रकार मधुमेहको जटिलतामा आमाको तौल बढ्ने, बच्चा समय भन्दा पहिले जन्मने, ब्लड शुगर घट्ने जस्ता समस्या हुन्छ । यस्तो अवस्थामा जन्मिने बच्चामा पछि ठूलो हुँदै जाँदा टाइप २ डायबिटीज हुने खतरा बढेर जान्छ ।

यूनिभर्सिटी अफ एडिलेडका रोबिनसन रिसर्च इन्स्टीच्यूटसँग सम्बन्धीत पेट्रा वरबर्गका अनुसार “हाम्रो अध्ययन आफ्नो प्रकारले पहिलो हो, जसमा गेस्टेशनल डायबिटीज र कुन मौसममा गर्भधारण भयो त्यसबीचको सम्बन्धका लागि ठोस प्रमाण भेट्छ । यो अध्ययन २००७ देखि २०११ बीच गरिएको हो । यसमा २००७ मा गेस्टेशनल डायबिटीजबाट प्रभावित हुने गर्भवती महिलाहरुको संख्या ४.९ प्रतिशत देखियो जुन २०११ बढेर ७.३ प्रतिशत पुग्यो ।

गर्भावस्थामा थाइरायड हुने समस्या...
अध्ययनका अनुसार जुन महिलाहरु जाडो मौसममा गर्भ धारण गर्छिन् उनीहरुमा गर्भावस्थाका बेला गेस्टेशनल डायबिटीजको खतरा बढि हुन्छ । यस अवस्थामा गर्भाधारण गर्ने महिलामा ६.६ प्रतिशत गेस्टेशनल डायबिटीज भएको पाइएको छ । तर गर्मिमा गर्भ धारण गर्ने महिलाहरुमा यो संख्या मात्र ५.४ प्रतिशत रहेको छ ।

गेस्टेशनल डायबिटीजको पछाडी कुन कारण हो, यो अहिले सम्म पूर्ण रुपमा स्पष्ट हुन सकेको छैन् । पहिला भएका अध्ययनहरुमा मौसमका कारण, शारीरिक सक्रियता, डाइट र भिटामिन D लाई गेस्टेशनल डायबिटीजका लागि खतरा मानिएको छ । यो सबै जाडो मौसमले प्रभावित हुने गर्छ । यो अध्ययन बीएमजे डायबिटीज रिसर्च एण्ड केयर जरनलमा प्रकाशित भएको छ ।

 

(एजेन्सिको सहयोगमा)

Last modified on 2019-12-24 12:31:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts