अङ्ग्रेजी नयाँ वर्ष २०२२ र कोरोना भाइरस

What's This?


Download our app to get more features

विश्व समुदायमा कोरोना भाइरस कोभिड- १९ को महामारीको त्रास कायमै रहेको छ। विश्व बजारमा नयाँनयाँ भेरियन्ट भित्रिँदैछन्।

विश्व अर्थतन्त्रसहित मानव जातिलाई ठूलो असर गरेको यो भाइरसको भय अझै छ। हिजो डेल्टा हुँदै आज नयाँ भेरियन्ट ‘ओमिक्रोन’को त्रास उच्च छ।

देश विदेशमा विवाह, भोजभतेर, सभा सम्मेलन र उत्सवको भीड उस्तै छ। सामूहिक भोजनमा मानिसको बढ्दो चहलपहलले संक्रमणको जोखिम बढाएको छ। हालको यस्ता गतिविधिले दुई हप्तापछि संक्रमित बढ्न सक्ने आँकलन छ।

फ्रान्सका प्रधानमन्त्री ज“ कास्टेक्सले ओमिक्रोनको संक्रमण बिजुली चम्केको गतिमा रहेको बताएका छन्। विश्वभर अस्पतालमा भर्ना हुने बिरामी बढ्न थालेका छन्। डेल्टा नै हो वा ओमिक्रोन त्यो जिन सिक्वेन्सि गरेपछि पत्ता लगाउन सकिन्छ तर संक्रमित पुनः बढिरहेका छन् ।

यतिबेला कोरोना भाइरसको नयाँ र विकसित संक्रामक भेरियन्ट ओमिक्रोनका कारण विश्वनै रोइरहेको । यस्तो अवस्थामा अङ्ग्रेजी नयाँ वर्ष २०२२ को आगमन भएको छ । हुन त यस समयमा बढि प्रभावित देश र सहरहरुमा लकडाउन गरिएको छ तर पनि भाइरस फैलिन सक्ने कुरालाई नजरअन्दाज गर्न सकिने अवस्था अझै छैन् ।

यस्तो समयमा अनुसासित रुपमा नयाँ वर्ष मनाउँदा नयाँ उमङग,नयाँ जोस् जागर अनि उत्साह छर्ने समय साच्चै यो नयाँ वर्षले जनमानसमा एक किसिमको तरङ्ग पैदा गर्ने छ । अङ्ग्रेजी नयाँ वर्ष आफन्त, साथीभाइले एकआपसमा भेटेर शुभकामना आदान–प्रदान गर्ने दिन भएको र नयाँ ठाउँ घुम्ने, मीठो खाना खाने, राम्रो लुगा लगाउने चलन रहेको छ । ओमिक्रोन संक्रमणको कारण यस पटकको नयाँ वर्षको स्थिति निकै असहज छ ।

नयाँ वर्ष नयाँ जोशको बर्ष बनाउनको लागि हामीले हाम्रो आत्माबल झनै बढाउन पर्छ । अङ्ग्रेजी नयाँ वर्ष २०२२ ले समस्त विश्व समुदायमा नयाँ उत्साह थपोस् । एक अर्कालाई भेटेर भन्दा पनि फोनबाट, सामाजिक संजालबाट शुभकामना आदान प्रदान गरौँ । हामी रहे हाम्रा रहन्छन् । हाम्रो मान्छे भन्नलाई आफु पनि बाँच्न पर्छ र अरु पनि बाँच्न पर्छ ।

हामी कोरोना कहरबाट बाहिर निस्केपछिका हरेक दिनलाई नयाँ वर्ष बनाउन सकिन्छ ।

नयाँ वर्षमा कोरोनाले दिएको चुनौतीलाई सामना गर्नुपर्ने छ । हामीले आज रातिबाट २०२१ लाई बिदाइ गर्नेछौ । यो बिदाईसँगै कोरोना संक्रमणको त्रास पनि बिदा हाेस् । २०२२ साललाई भोलिबाट स्वागत गर्नेछौं ।

Last modified on 2022-01-01 10:20:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts