विश्व होमियोप्याथिक दिवस

“डा.हेनिमेनको सम्झनामा”



Download our app to get more features

सन् १७५५ अप्रेल १० तारीख आजैका दिनमा जर्मनीको माइसेनशहरमा होमियोप्याथिका जन्मदाताको रुपमा क्रिश्चयन फेड्रिक सेमुअलहेनिमेन को जन्मभएको थियो । निम्नवर्गिय परिवारमा जन्मेका हेनिमेनलाई संसारले होमियोप्याथीको जन्मदाताका रुपमासंझन्छ । हेनिमेनका बुवा गोथेहेनिमन बहुतै गरीब थिए । चिनियामाटो (सेरामिक) को भाँडामा बुट्टाहाल्ने (चित्रकारी) को कामगरेर आफ्नो परिवारको पालनपोषण गर्दथ्ये । कहिले काही उनीहरुलाई हातमुख जोडन पनि धौधौ पर्थ्यो । 

गरीबीको कारणलेगर्दा हेनिमेनको बाल्यावस्था बडो सङ्घर्षमा बित्यो । अध्ययनको लागि साह्र्रै दुःख गर्नुपर्यो । तर हुने बिरुवाको चिल्लोपात भनेझै कुशाग्रबुध्दि र तिब्र प्रतिभाकाधनी हेनिमेनले २४ बर्षको उमेरमा एलोप्याथिमा (एम.डी.) डाक्टर आफ मेडिसिनको उपाधि हासिलगरे र ड्रेसडेनको अस्पतालमा सिविलसर्जनको पदमारहि कार्यगर्न थाले। दसबर्षसम्म यिनले अस्पतालमा सेवाकारगरे । डा.हेनिमेन आफ्नोसमयको चिकित्साप्रकृया बाट नै सहमत थिएनन् । तितो, कष्टकारी एवं विपरित प्रतिक्रिया (साईडईफेक्ट) उत्पन्नगर्ने औषधिहरुको सेवनबाट एउटा रोगको उपचार हुनु का साथै शरीरमा कैयौं नयाँ–नयाँ रोगहरु उत्पन्न भईरहेका थिए । 

संयोगबस यसैबिच उनको छोरीपनि बिरामि भईन,चिकित्सा विशेषज्ञको हैसियतले राम्रो भन्दाराम्रो उपचार गरीयो । तर अफसोच डा.हेनिमेनले आफ्नो छोरीलाई बचाउन सकेनन् । यस घटनाले गर्दा उनको तत्कालिन चिकित्सापद्दति एलोप्याथि बाट नै मोहभगं हुनगयो ।यि सबैकुराहरुबाट दिक्कदार भएर हेनिमेनले(एलोप्याथि) चिकित्साकार्य गर्न छोडिदिए । हेनिमेन जिविकोपार्जनको लागि चिकित्सा एवं विज्ञानका पुस्तकहरुको बिभिन्नभाषामा अनुवादगर्ने कार्य गर्नथाले । उनलाइ ग्रिक, लेटिन, अग्रेंजी, ईटालियन ,अरबी, स्पेनिस, फ्रेन्च, जर्मन, सिरियन, हिब्रु समेतगरी दशभाषाको ज्ञान थियो । 

सन् १७९० मा डा. कुलेन को मेटेरियामेडिका (औषधिय गुणसंग्रह पुस्तक) को अग्रेंजी बाट जर्मनभाषामा अनुबादगर्ने क्रममा हेनिमेन ले “सिनकोना” भन्ने औषधिकोबारे मा बिषेश जानकारीपाए । एक स्वस्थ शरीरमा सिनकोनाको अर्क (एक्सट्राक्ट) को सेवनगर्नाले– मलेरिया त होईन तर मलेरिया कै ज्वरोको जस्तै लक्षण उत्पन्न भईहाल्छ , जब कि सिनकोना मलेरिया ज्वरोको महत्वपुर्णऔषधि भन्ने कुरा यिनलाई थाहा भयो । 

आफ्नै शरीरमा सिनकोनाको अर्कको प्रयोगले डा.हेनिमेन यस निष्कर्षमा पुगे कि जुन औषधियगुण युक्तपदार्थ( औषधि) एउटा स्वस्थ्य मानिसमा प्रयोग गर्नाले जुनकिसिमको शारीरिक,मानसिक लक्षणहरु उतप्न्न हुन्छन्, उहि औषधिले त्यस्तै लक्षणयुक्त भएको रोगी व्याक्तिलाई (शक्तिकृत) रुपमा थोरै मात्रामा सेवन गराउनाले आरोग्य प्रदान गर्दछ । यहिकुराको चिन्तन–मनन् गर्दा गर्दै उनको मनमा विचार आयो कि सिनकोना को जस्तै प्रकृतिप्रदत् अन्य औषधियपदार्थ मा पनि रोगोत्पादन र विनाशगर्ने शक्ति विद्यमान छ । 

यसै आधारमा हेनिमेनले ६ बर्षसम्म अनवरतरुपले आफ्नो शरीरमाथि नाना–प्रकारका औषधिहरुको परिक्षणगरे । यसै परिक्षणले हेनिमेनलाई “समः समं शमयतिः” अर्थात जसले रोग उत्पन्नगर्दछ, उसैलै रोग निको पार्छ भन्ने जानकारी भयो । र उनले सदृशरोगको सदृश चिकित्सा भन्ने एक नयाँ सिधान्तको प्रतिपादन गरे । उनले समानताले समानताको उपचार को पद्दतिलाई ब्यवहारिक एवं स्वभाविक बनाए । यसप्रकार हेनिमेनले व्यापकपरिक्षण, अनुभव एवं शोध पश्चात रोगको स्थायी चिकित्साबिधि खोजे र त्यसलाई होमियोप्याथी नाम राखे । 

होमियोप्याथी अर्थात् रोगको सदृशचिकित्सा विज्ञान १८ औ शतादब्दीको अन्ततिरको एउटा चमत्कारी तर वैज्ञानिक चिकित्साजगतको उपलब्धी हो । सन् १७९६ मई महिना मा उनको एउटा निवन्ध जर्मनिको “हुकेल्यानडे जर्नल” मा प्रकाशित भएपछि अनुसन्धानको अभिनवमतले चिकित्सा जगत मा क्रान्ति ल्याईदियो ।  

यस पछि एलोप्याथिक चिकित्सकहरुको एक वर्ग (समुह) ले होमियोप्याथिक चिकित्साको सिधान्तलाई बुझेर यसलाई महत्वपनि दिन थाले र एलोप्याथीक चिकित्सा गर्न छोडेर होमियोपैथ भए, भने अर्कोतर्फ चिकित्सकहरुको एउटा ठुलो समुह चिकित्साको यस क्रान्तिकारी सिधान्तको बिरोधपनि गरीरहेका थिए । सन् १८०५ ई.मा उनको अर्को “फ्रागमेनटावेरीमाइक्स” नामक पुस्तक लेटिनभाषामा प्रकाशित भयो । 

यस पुस्तकमा डा.हेनिमेनले स्वस्थ्य मानिसहरुको शरीरमाथि परिक्षित २७ वटा औषधिहरुको गुण बर्णन गरिएको थियो । यो पुस्तक होमियोप्याथिक चिकित्साको पहिलो मेटेरिया मेडिका (औषधिय लक्षणसंग्रह पुस्तक) थियो । सन् १८१० मा “अर्गेनन अफ मेडिसिन” नामक ग्रन्थ प्रकाशित गरीयो । यसमा होमियोप्याथिको मुलभुत सिधान्तहरुको वर्णन गरिएको छ । जुन आजपनि उतिकै समय सान्दर्भिक छ । यस ग्रन्थलाई होमियोप्याथिक चिकित्साको “गिता” भनिन्छ । 

सन् १८१२ ई. मा डा. हेनिमेन लिपिजिग विश्वविद्यालय मा होमियोप्याथी चिकित्साको अध्यापन कार्य गराउन लागे । उनकोबढदो प्रभावलाईदेखेर विरोधी चिकित्सकहरूले हेनिमेनको विरुद्ध नानाथरिका भ्रम फेलाएर यीनलाई सन् १८२१ तिर देशनिकाला गर्न लगाए । हेनिमेन ले नयाँउपचार पद्दति जन्माए, तर यसलाई स्थापित गर्न उनि स्वयं देशनिकालामा पर्नुपरेको थियो । उनि कोटेन नगरमा आश्रय लिन पुगे र तत्कालिन त्यहाँ का राजाको दुसाध्यरोग (क्रोनिकडिजिज) को चिकित्सा होमियोप्याथी द्वारा सफलता पूर्वक गरे । त्यसपछि उनि त्यहाँ रोयलफिजिशियनको पदमा बहालभई कार्यगर्न लागे । 

सन् १८२८ उनको क्रोनिकडिजिज नामक पुस्तक प्रकाशित भयो ।  सन् १८३० मा फ्रान्सको राजधानी पेरिसमा चिकित्सा कार्य गर्दै उनि त्यहाँको  एकेडेमि अफ मेडिसिन  नामक संस्थाको सचिव बन्न पुगे । यसप्रकार उनको ख्याति सर्वत्र फेलियो । जर्मनिका कुचक्र रचेर देशनिकाला गराउने बिरोधिहरुपनि अब आफ्नो भुलमा पश्चाताप गर्नथाले तथा पुनः डा. हेनिमेनलाई स्वदेशमा स–सम्मान फर्कन आग्रह गर्न थाले । जीवनको अन्तिम काल सम्मपनी  मानव स्वास्थ्य सेवामा समर्पित डा. हेनिमेनको २ जुलाई सन् १८४३ मा ८९ वर्षको उमेरमा उनको निधन भयो । 

सन् १९५१ मा जर्मनिको लिपिजिगनगर मा यिनको पित्तलको भव्य मुर्ति बनाएर स्थापित गरियो । यसरी उनको कृति–जीवनगाँथा सदा अमर रहेको छ । आज कसले भन्न सक्छ डा. हेनिमेन यस जगतमा छैनन् भनेर ? होमियोप्याथिक चिकित्सापद्दतीका जन्मदाताको रुपमा महात्मा हेनिमेन सदाअमर रहिरहने छन । आज १० अप्रिल उनको स्मरण स्वरुप २ सय ६७ औँ जन्मजयन्ति एवं होमियोप्याथी दिवस विश्वभरी मनाइँदै छ । अस्तु । 

 

 [email protected]

Last modified on 2022-04-13 16:55:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts