बिरामी भर्ना गर्न कोभिड परीक्षणको रिपोर्ट अनिवार्य

What's This?


Download our app to get more features

काठमाडौं,१३ कात्तिक ।   फटकशिलाका रमेश श्रेष्ठ आफ्नी श्रीमती सुत्केरी गराउन केएमसी अस्पताल सिनामंगल गए । उनको श्रीमतीलाई भर्ना गराउनुपर्ने डाक्टरहरुले बताए । 

भर्ना गराउनु भन्दा अगाडी कोभिड परीक्षण गराएको रिपोर्ट चाहिन्छ । तल गएर कोभिड चेक गराएर रिपोर्ट लिएर आउनु भने । अस्पतालले भने पछि गर्नै पर्‍यो । उनले बाहिर गएर केहि सस्तोमा परीक्षण गराए । रिपोर्ट ल्याएर भर्ना गराए ।

केही दिनमा श्रीमतीको अप्रेशन पनि सफल भयो । बिरामीलाई राम्रै भयो । डाक्टर, नर्स, सबैले राम्रो सहजिकरण गरे ।  अस्पतालले बिरामीको विभिन्न किसिमका शारिरीक परीक्षणहरु गराउन लगाए, गरे पनि । त्यतिमात्र होइन भर्खरै जन्मिएका नाबालकको समेत थाइराइड परीक्षण गराए । केहिको रिपोर्ट बिरामी डिस्चार्ज गरिसकेपछि पनि आएको छैन ।

काठमाडौं बानेश्वरका सौरव ज्योती राजभण्डारीलाई एक्कासी अत्याधिक पेट दुखेपछि भरोसा अस्पताल पु¥याइयो । उनलाई एपेन्डिसाइटिस भएको रहेछ । अस्पतालले राजभण्डारीलाई कोरोना परीक्षण गरी पीसीआर रिपोर्ट लिएर मात्र भर्ना लिने भनेर नदुख्ने दवाई खुवाएर पठाए । उनले त्यहिनै कोरोनाको परीक्षण गराए । भोलिपल्ट अस्पताल भर्ना भए । अप्रेशन सफल भयो । अप्रेशन पश्चात डाक्टरले अप्रेशन ढिला भएको भए जे पनि हुन सक्थ्यो भने ।

यी त केहि प्रतिनिधि घटना मात्र हुन् । सरकारी बाहेकका जुनसुकै अस्पतालहरुमा अहिले कोरोना परीक्षण बिना बिरामी भर्ना लिइदैँन । कोरोनाको परीक्षणनै अस्पतालको कमाउने धन्दा बनेको छ ।

प्राइभेट भनिने सम्पूर्ण अस्पतालहरु कमाउने धन्दामा लागेर कुनैपनि लक्षण बिना कोरोना परीक्षण गराउन लगाउने गरेको अस्पतालका बिरामी कुरुवाहरु बताउँछन् । साधारणतया कोरोनाको एन्टिजेन परीक्षण गर्दापनि हुने हो एन्टिजेन परीक्षण गर्दापनि कोरोना छ छैन थाहा हुन्छ । तर त्यसो नगरी कोरोनाको नै परीक्षण गर्न लगाइन्छ । एन्टिजेन भन्दा कोरोनाको परीक्षण शुल्क महङ्गो पर्छ । अस्पतालहरुमा अरबौँ रुपैयाँ लगानी गरेका हुन्छन् । ती रुपैयाँ कसरी हुन्छ ? छिट्टै नै असुल उपर गर्न खोजी रहेकोले कोरोनाको मात्र होइन विभिन्न परीक्षण गर्न नपर्ने परीक्षणहरु पनि गर्न लगाउने बिरामी कुरुवाहरु बताउँछन् ।

काठमाडौंका प्रायःअस्पतालहरुमा कोरोना परीक्षणको नाममा अनियमितताहरु बढ्दै गएको पाइन्छ । अस्पतालमा भर्ना भएका बिरामी र बिरामीका आफन्तहरुको आफ्नै समस्या र ब्यस्तता हुन्छ । यी कारणहरुले गर्दा उनीहरु मिडियामा आउन सक्दैनन् ।

केएमसी असपतालका डाइरेक्टर सुमन कुमार श्रेष्ठका अनुसार कोभिडको परीक्षण लक्षण देखिएपनि नदेखिएपनि परीक्षण गनैपर्ने बताउँछन् । 

यी र यस्ता अनियमितताहरुको समयमै निराकरण गर्नसक्ने गरी कामगर्ने निकायको खाँचो देखिन्छ । यदि सरकारको ध्यान यतातिर जान सकिएनभने भोलिको अवस्था झन् विकराल हुने देखिन्छ ।

Last modified on 2021-10-31 10:09:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts