२१ वर्षदेखि स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्यरत एकलक्ष्मी भन्छिन् : सकुञ्जेल सेवा गर्छु

What's This?


Download our app to get more features

ललितपुर महानगर वडा नं.२ बस्ने एकलक्ष्मी थापामगर ६० वर्षकी लागिन् । अहिले पनि उनी स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गरिरहेकी छिन् । 

विगत २१ वर्षदेखि उनी स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दै आईरहेकी छिन् । सुरुको दिनमा विभिन्न कार्यक्रममा हिँड्दाहिँड्दै पछि स्वास्थ्य स्वयंसेविका भएर काम गर्न थालेको उनी सुनाउछिन् । 

थापामगरका अनुसार स्वास्थ्य स्वयंसेविका भएपनि स्वयंसेविकाहरुले वडामा आउने सबै क्षेत्रको कार्यक्रममा सहभागिता जनाउने गर्दछन् । 

पहिला पहिला वडा कार्यलयको निर्देशनमा मात्र काम गर्ने भएपनि अहिले वडाको बाहेकका अन्य ठाउँहरुमा पनि स्वयंसेवि भएर काम गर्ने गरेको उनको भनाइ छ । 

स्वयंसेवि भएर काम गर्नु निकै कठिन हुने उनको अनुभव छ । स्वयंसेवकले आफ्नो घरको काम सकाएर बाँकीको समयमा समाजको सेवा गर्ने भएपनि कहिलेकाहीँ घरकै काम बाँकी राखेर हिँड्नुपर्ने अवस्था आउने उनी बताउछिन् । 

महिलाहरुले घरको सबै काम गर्नुपर्ने हुन्छ,पुरुषहरुलाई जस्तो सजिलो हुँदैन । त्यसले गर्दा कहिलेकाहि जटिल अवस्था आउन सक्दछ । तर स्वास्थ्य स्वयंसेविका भएपछि आफ्नो घरको अवस्था मिलाएर काम गर्दा आत्मसन्तुष्टि मिल्ने उनको भनाइ छ । 

सुरुवाति समयमा स्वास्थ्य स्वयंसेवीका भएर हिड्दा घरमा सासुले कति हिडेको भन्ने गरेको उनी सम्झन्छिन् । तर समाजका लागि आफुले राम्रो काम गर्दा केहि समय पछि परिवारले बुझने उनको अनुभव छ । 

उनी भन्छिन्, 'अहिले त परिवारको राम्रो सहयोग छ,श्रीमानले फुर्सद भएको समयमा कार्यक्रममा लगदिने ल्याउने नै गर्नुहुन्छ ।'

थापाले सुडिनी,एचआईभी काउन्सिलरको तालिम पनि लिएकी छिन् । अहिले उनले ललितपुर महानगरमा एचआईभी काउन्सिलरको रुपमा काम पनि गर्दै आइरहेकी छिन् । आफुसँग नवविवाहित जोडिहरु साथै महिलाहरु विभिन्न समस्यामा पर्दा परामर्श लिन आउने उनले बताइन् । 

कोरोना महामारीमा डरको बिचमा पनि काम गरेको उनी सुनाउन्छिन् । स्वास्थ्य स्वयंसेविका भएपछि आफुले काम गर्दा अरुलाई फाइदा हुन्छ भने किन नगर्ने,गाह्रो भएको समयमा नै हो सहयोग गर्ने भनेर निरन्तर काम गरेको उनी बताउछिन् । 

स्वास्थ्य स्वयंसेविकालाई सरकारले आर्थिक भन्दापनि अन्य प्रोत्साहनको कार्यक्रम गरिदिए राम्रो हुने उनको भनाइ छ । 

थापा भन्छिन्,'जीवनको सबै समय स्वास्थ्य स्वयंसेविका भएर सेवा गर्दै बित्यो,उमेर पनि बित्दै गयो,हामी बिरामी भएर अस्पताल जाँदा छुट दिने खालको व्यवस्था भए हामीलाई काम गर्न प्रोत्साहन हुन्छ ।'

उमेरले ६० वर्षलागे पनि अझै सकुञ्जेल समाजका लागि सेवा गर्ने थापाको रहर छ  ।

Last modified on 2021-12-06 07:46:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts