स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनका लागि तीन तहकै सरकार सक्रिय भएर लाग्ने



Download our app to get more features

काठमाडौं, २८ मंसिर । वातावरणीय स्वास्थ्य, स्वास्थ्य जन्य फोहरमैला व्यवस्थापन, स्वास्थ्य संस्थाहरुमा खानेपानी सरसफाई र स्वच्छता सम्बन्धी प्रथम कार्यशाला गोष्ठीले १२ बुँदे घोषणा पत्र जारी गरेको छ । 

काठमाडौंमा आयोजना गरिएको गोष्ठीको समापन गर्दै स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनको मार्गचित्र तयार गरी लागू गर्न अभियानको रुपमा अघि बढाइने सहितका १२ बुँदे घोषणा पत्र जारी गरेको हो । 

वातावरणीय स्वास्थ्य, स्वास्थ्य जन्य फोहरमैला व्यवस्थापन, खानेपानी सरसफाई र स्वच्छताको दीगो ब्यवस्थापन सम्बन्धी मध्यम तथा दिर्घकालिन रणनिति का साथसाथै थप आवश्यक कानून, निति, नियम, नियमावलीमा विधि, प्रविधि र उपकरणहरुको मापदण्ड सहितको मार्गदर्शन संघीय सरकारबाट तयार हुनेछ र संघीय कानुनसँग नबाझीने गरी सो मार्गदर्शनाको आधारमा प्रदेश तथा स्थानिय तहले आफू अनुकुल निर्देशिकाहरु तयार गरी कार्यान्वयन गरिनेछ । यसको प्रभावकारीताको लागी संघीय संरचनाबाट समन्वय हुनेछ ।

स्वीकृत मापदण्डअनुरुप स्वास्थ्य जन्य फोहरमैला श्रोतमै छुट्याउने, संक्रमित फोहरको उचित प्रविधिद्वारा संक्रमण रहित बनाएर मात्र विसर्जन गर्ने र एकिकृत फोहोरमैला व्यवस्थापनको नमूना विकास गरि सिकाईको आधारमा सबै तहमा विस्तार गर्दै जाने उल्लेख गरिएको छ ।

वातावरणीय स्वास्थ्य, स्वास्थ्य जन्य फोहरमैला व्यवस्थापन, स्वास्थ्य संस्थामा खानेपानी सरसफाई र स्वच्छताको लागी विभिन्न सरोकारवाला मंत्रालय, निकाय, संघसंस्थाहरुबिच सहकार्यको खाका तयार पार्ने, सो कार्यक्रमको कार्यान्वयन, अनुगमन, मुल्याङ्कन तथा नियमन गर्न संघ, प्रदेश तथा स्थानिय तहहरुमा यसको ब्यवस्थापन गर्ने आवश्यकता अनुसार  इकाइ÷जिम्मेवारी तोकी कार्यान्वयन गर्ने घोषणा पत्रमा उल्लेख छ ।

फोहरमैला ब्यवथापनमा संलग्न ब्यक्ति तथा पेशाकर्मी , सेवा प्रदायकहरुको कार्य प्रकृति अनुसार पेशागत तथा सामाजिक सुरक्षाको प्रोत्साहन गर्ने, अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य जन्य फोहरमैला व्यवस्थापन, स्वास्थ्य संस्थामा खानेपानी सरसफाई र स्वच्छता सेवाको अभिलेख तथा प्रतिवेदनलाई व्यवस्थित गर्न सुचना प्रणालीको नमुनाको रुपमा लागु गरी  समिक्षाको आधारमा विस्तार गर्ने, दक्ष जनशक्तिद्वारा स्वास्थ्य संस्थाहरुको स्थापना, संचालन, नविकरण तथा स्तरोन्नति गर्ने क्रममा फोहरमैला ब्यवस्थापनको सुनिश्चितता तथा लेखाजोखा अनिवार्य रुपमा गराउने भनिएको छ ।

वातावरणिय स्वास्थ्य, स्वास्थ्य जन्य फोहरमैला व्यवस्थापन, स्वास्थ्य संस्थाहरुमा खानेपानी सरसफाई र सुरक्षित शौचालय सहितको स्वच्छता को लागी दक्ष जनशक्तिको व्यवस्थापन तथा क्षमता अभिवृद्धिको लागी तिनै तहका सरकार र निजिक्षेत्रको समन्वय, सहकार्य तथा साझेदारीमा एकिकृत तथा विशिष्टिकृत रुपमा गर्नेछ ।

जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारेको प्रभावलाई  न्युनिकरण गर्न जलवायु परिवर्तन अनुकुलन स्वास्थ्य सेवा कार्यक्रमको प्रवद्र्धन गर्नेछ ।

फोहोर हुन नदिन फोहर हुनसक्ने प्लाष्टिक जन्य लगायतका सामानको प्रयोगमा दुरुत्साहन÷प्रतिबन्ध ९च्भागकभ० , फोहोरलाई घटाउने ९च्भमगअभ०े, पुनप्रयोग ९च्भगकभ० र पुनचक्रिय प्रणालिमा लैजाने ९च्भअथअभि०  सिद्धान्तलाई अबलम्बन गर्दे असल अभ्यास, सिकाई र आर्थिक रुपमा मितव्ययी कार्यक्रमरुलाई प्रवर्धनको साथै विस्तार गर्दै जानेछ । 

वातावरणिय स्वास्थ्य, स्वास्थ्य जन्य फोहरमैला व्यवस्थापन, खानेपानी सरसफाई र स्वच्छतामा तिनै तहका सरकारको जिम्मेवारीलाई आत्मसात गर्दै समन्वय, सहकार्य तथा सहअस्तित्वमा आधारीतभै प्रारम्भिक डिजाइनदेखिनै योजना तथा कार्यक्रम अगाडि बढाउने छ ।

यस क्षेत्रमा भएका अध्ययन, अन्वेषण तथा अनुसन्धान र प्राप्त नतिजालाइ प्राथमिकता साथ अगाडी बढाउनेछ । 

Last modified on 2019-12-24 12:18:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts