प्रदेस ५ सरकारद्वारा ३ अस्पतालका विकास समितिको अध्यक्ष नियुक्त



Download our app to get more features

रुपन्देही, २८ मंसिर । प्रदेश नम्बर ५ सरकारले ३ वटा अस्पतालका विकास समितिका अध्यक्षहरु नियुक्त गरेको छ ।

शुक्रबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले प्रदेशका विभिन्न ३ अस्पतालको विकास समितिको अध्यक्ष नियुक्त गरेको हो ।

नियुक्त हुनेमा बर्दिया अस्पतालको अध्यक्षमा अंगद श्रेष्ठ, पाल्पा अस्पतालको अध्यक्षमा नेत्र प्रसाद पाण्डेय, रामपुर अस्पालको अध्यक्षमा बासुदेव शर्मा रहेका छन् ।

त्यस्तै अन्य अस्पताल पृथ्वी चन्द्र अस्पताल नवलपरासीको महिला सदस्यमा सरिता पौडेल, रामपुर अस्पतालमा ईश्वरी देवी खनाल, पाल्पा अस्पतालमा शुसिला देवी श्रेष्ठलाई महिला सदस्यमा नियुक्त गरिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिए ।

Last modified on 2019-12-19 15:24:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts