प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा, डायलिसस गर्ने तयारी हुँदै



Download our app to get more features

काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज फेरि ग्राण्डी इन्टरनेशनल अस्पताल पुगेका छन् । 

नियमित स्वास्थ्य जाँचका लागि उनी अस्पताल पुगेका हुन । 

मिर्गौलाले काम गर्न छोडेपछि प्रधानमन्त्री ओलीको केही समयअघि सोही अस्पतालमा दुईपटक डायलासिस गरिएको थियो । आज उनको तेस्रोपटक डायलासिस गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ । 

प्रधानमन्त्री ओलीलाई यसअघि भाईटीकाको भोलिपल्ट पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । 

पछिल्लो समय प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । प्रधानमन्त्रीले मृगौला प्रत्यारोपण गर्ने विषयमा पनि परामर्श भइरहेको बताइएको छ । 

गत भदौमा उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा मिर्गौलासम्बन्धी एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधि ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो । त्यसपछि उनी नियमित स्वास्थ्य जाँच र डाक्टरहरुको निगरानीमा उपचार गराइरहेका छन् ।
 

Last modified on 2019-11-16 17:46:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts