संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत, कांग्रेसद्वारा संसद अवरुद्ध



Download our app to get more features

काठमाडौं, ३२ असार । संसद बैठकमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत भएसँगै प्रतिपक्षी कांग्रेसले संसद अवरुद्ध गरेको छ । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । 
लगतै सभामुख कृष्णबहादुर महराले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिएका थिए । उनले सरकारले समस्या बल्झाउने गरी चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै विरोध गरेका थिए ।

जुम्लामा १६ दिनदेखि अनसनरत प्राडा गोविन्द केसीको स्वास्थ्य गम्भीर रहेको तर सरकारले वार्तालाई भन्दा अन्य प्रक्रिया सुरु गरेकोमा उनले विरोध गरेका थिए । सनले वर्ताबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । उनले भने ‘सरकार गैरजिम्मेवार बनेको छ, सर्वसत्तावादी शैलीबाट अघि बढेको छ, यस्तो स्थितिमा संसद चल्न सक्दैन ।’

लगतै कांग्रेस अन्य सांसद पनि उठेर विरोध गरे । सभामुख महराले कांग्रेसकै सांसदले विरोधको सूचना दर्ता गरेको भन्दै प्रक्रिया अघि बढ्न दिन आग्रह गरे । उनले डा. केसीको अनसनबारे सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

चिकित्सा शिक्षा विधेयक पुरानै स्वरुपमा ल्याउन माग गर्दै प्रतिनिधिसभा अवरुद्ध गरेको हो। आज विधेयक संसदमा पेस गर्ने सरकारको कार्यसूची थियो। तर पहिलेदेखि नै असन्तुष्टि जनाउँदै आएको कांग्रेसले अवरोध गरेपछि आजको बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।

Last modified on 2018-07-16 23:24:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts