डा. केसीको अनसनमा सुदूरका सात जिल्लाका नेविसंघको ऐक्यबद्धता



Download our app to get more features

डडेल्धुरा, २६ कात्तिक । चिकित्सका शिक्षा क्षेत्र सुधारको माग गर्दै डडेल्धुरामा अनसनरत डा. गोविन्द केसीको सत्याग्रहप्रति  सुदूरपश्चिम प्रदेशका सात जिल्लाका नेविसंघले  ऐक्यबद्धता जनाएका छन। 

एक विज्ञप्ति जारी गरेर उनिहरुले डा. केसीको अभियानमा ऐक्यबद्धता जनाउदै आन्दोललाई उपलब्धिमुलक निष्कर्षमा पुर्याउन अनुरोध गरेको हुन्। 

नेवि संघका पूर्वमहामन्त्रि कुन्दन काफ्ले सहित डोटी नेविसंघका अध्यक्ष गणेश खड्का, बैतडीका अध्यक्ष कपील केसी, डडेल्धुराका कार्यवाहक अध्यक्ष पदम भण्डारी, कैलालीका कार्यवाहक अध्यक्ष भेश बम, त्यसैगरी अछामका अध्यक्ष निर्प साउँद, र दार्चलाका अध्यक्ष रमेश भट्टले हस्ताक्षर गरेको विज्ञप्तिमा डा. केसीले उठाएका मागहरुमा नेविसंघको ऐक्यबद्धता रहेको जनाइएको छ।

Last modified on 2019-11-14 15:12:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts