भारतीय प्रधानमन्त्री मोदीलाई डा. केसीको पत्र– 'साझा समस्या सँगसँगै लडौं, सीमा नमिचौ'



Download our app to get more features

डडेल्धुरा, २६ कात्तिक । १७ औं सत्याग्रह आजमात्रै स्थगित गरेका डा. गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै नेपाल र भारतले साझा लडाइँ लड्नुपर्ने धेरै क्षेत्र रहेकाले अहिले नेपाली भूमि अतिक्रमण रोक्न आग्रह गरेका छन् ।

उनले लेखेको पत्रमा नेपाल र भारतबीचको सम्बन्ध रातारात विकास नभएको उल्लेख गर्दै जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्सम्मान हुने उल्लेख गरेका छन् ।

९ दिनदेखि अनसनमा बसेका डा.केसीले मंगलबार अनसन स्थगीत गर्दै चिट्ठै लेखेका हुन् ।

गत सोमबारदेखि ७ बुँदे माग सहित आफ्नो १७ औँ सत्याग्रह थालेका थिए ।

उनले ४ वर्षीय स्यान्सु जैरुबाट जुस पिएर अनसन तोडेका हुन् ।

केसीले अहिले भारतले नेपाली भूमी कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सारमा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन अनसन स्थगीत गरेको बताएका छन् ।

Last modified on 2019-11-14 15:13:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts